Bisal Chautari Logo

मिलन चाम्स नयाँ प्रोजेक्टसंगै ‘हसिया’ प्रर्दशनका लागी युकेमा

- ६ भाद्र २०७१, शुक्रबार १२:२२ मा प्रकाशित


milan chams
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र ६ शुक्रबार । म्युजिक भिडियो निर्देशनबाट सफल्ता हासिल गर्दै नेपाली चलचित्र निर्देशनमापनि पहिलो सिनेमा ‘हसिया’बाटै चर्चामा आएका निर्देशक मिलन चाम्स आफ्नो सोही सिनेमालाई लिएर युकेमा रहेका छन् । चलचित्र चल्नुभन्दा अगाडी युकेमा नै भब्य रेड कार्पेट प्रिमियर गरेपनि युकेमा ७५ प्रतिशत दर्शकहरुले सिनेमा ‘हसिया’ हेर्न नपाएकाले सिनेमा शो गर्न लागेको निर्देशक चाम्सले बताए । milan chams
निर्देशक मिलन चाम्सका अनुसार चलचित्र ‘हसिया’ युकेका विभिन्न सहरहरुका विभिन्न हलहरुमा चल्नेछ । सिनेमाको प्रर्दशनसंगै निर्देशक चाम्स नयाँ प्रोजेक्टको काम भइरहेकाले सो चलचित्रबारे अध्ययन भइरहेको छ । निर्देशक चाम्सको आउने भनिएको प्रोजेक्ट युके मै छायाकन हुनेछ । नयाँ प्रोजेक्टको नाम नखुलाउने सर्तमा निर्देशक चाम्सले सिनेमाको सम्पुर्ण टेक्निसियन र कलाकारहरु नेपालबाटै लगिनेछ । साथै ब्रिटिस अभिनेतालाईपनि चलचित्रमा लिने कुराकानि भइरहेको निर्देशक चाम्सले बताए ।

प्रतिक्रिया