Bisal Chautari Logo

प्रवलको ‘अनुभूति’ सार्वजनिक

- १२ माघ २०७०, आईतवार १९:०६ मा प्रकाशित


काठमाडौं, १३ माघ । गजलकार प्रबल विष्टको एकल रचना र संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा तयार पारिएको गजल गीति एल्वम ‘अनुभूति’ सार्वजनिक गरिएको छ । काठमाडौंमा भएको एक कार्यक्रमको विच गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यतामा गजलसंग्रहको एल्बमलाई सार्वजनिक गरिएको हो ।
विमोचन प्रमुख अतिथि गजलकार ज्ञानुवाकर पौडेल, संगीतकार अविद, गीतकार भावेश भुमरी, कर्णाली इन्टरटेनमेन्टका प्रबद्र्ध निर्देशक पदम बुढा र स्रष्टाद्वय संगीतकार सन्तोष श्रेष्ठ एवं प्रबल विष्टले संयुक्त रुपमा विमोचन गरेका हुन् । कार्यक्रममा आयोजक संस्था रापती समाज काठमाडौंका उपाध्यक्ष एवं गायक प्रेमप्रकाश ओलीले स्वागत मन्तव्य दिएका थिए । त्यस्तै गजलसंग्रहको समीक्षा गीतकार भावेश भुमरीले गरेका थिए, एल्बमको तर्फबाट संगीतकार सन्तोष श्रेष्ठले बोलेका थिए । त्यस्तै गजलकार प्रबल विष्टले आफ्ना गजल लेखनका अनुभूति सुनाएका थिए । 
६ गीत समावेश गजल गीतसंग्रह एल्बममा अनुभूतिभित्र कति खुशी हुन्थें होला, तिम्रै जितको चर्चा छ रे, तिम्रै केशको पानी बनी, तिम्रो मनको, लगायत बोलका गीतहरु समावेश गरिएको छ । जसलाई मनोजराज, अन्जु पन्त, स्वरुपराज आचार्य, प्रमोद खरेल, विन्दु परियार र रेणु विष्ट केसीले स्वरबद्ध गरेका छन् ।

प्रतिक्रिया