Bisal Chautari Logo

राई इज किङले कन्र्सटबाटै असाहय बालबालिकाको लागि ५० हजार दिने घोषणा गरे

- ४ भाद्र २०७१, बुधबार ०७:१७ मा प्रकाशित


rajesh payal rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र ४ बुधबार । पछिल्लो समयका नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राई सामाजिक सेवामा निकै अग्रसर भएका छन् । यस्तै क्रममा राई इज किङ गायक राजेश पायल राईले हङकङमा भएको मेलोडी नाईट कार्यक्रमबाटै असाहय बालबालिकाको लागी ५० हजार दिने घोषाणा गरेका छन् । गत १७ अगष्टका दिन हेनरी जी लेउङ कम्युनिटी सेन्टर याउ मा तेईमा आयोजित सांगीतिक कार्यक्रममा गायक राईले सो रकम दिने निर्णय गरेका हुन् । rajesh payal rai  (1)
आफ्नो साङ्गीतिक वल्ड टुरको क्रममा अमेरीकाबाट नेपाल आएर केही दिन गीतहरु रेकर्डिङ गराएर २० औ पटक हङकङ उडेका गायक राजेश पायल राईले आफ्नो साङ्गीतिक करियरको सुरुवातमा विदेश भ्रमण हङकङबाटै सुरु गरेको बताए । गायक राईले मेलोडी नाईट कन्र्सटमा ‘नाइँ नभन्नू ल… बोलको गीतबाट गाउन सुरु गरेका थिए । त्यसपछी दर्शकहरुको वान्समोर र हुटिङका बिच ‘छैन तिमी बाहेक…, बैगुनी रै छौं…, दिक्तेल बजार, दर्शन नमस्ते लगायत गरी आधा दर्जन गीतहरु गाए ।

[gss ids=”5054,5055,5056,5053″]

ह्युमन नेचर फाउण्डेशन नेपाल हङकङको आयोजनामा भएको सांगीतिक कार्यक्रम विपन्न गरिब तथा असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि सहयोग गर्ने उद्देश्यले कार्यक्रमको अयोजान गरिएको थियो । कार्यक्रममा गायकहरु अभिनास घिसिङ र भरत सिटौला, सुरेश कुमारले पनि सांगीतिक प्रस्तुति दिने आयोजक मध्येका एक अन्तिम राईले बताए ।

प्रतिक्रिया