Bisal Chautari Logo

रेखाले भनिन्–‘सुभद्रा दिदी ‘रियल हिम्मतवाली’

- ३ भाद्र २०७१, मंगलवार ०८:४४ मा प्रकाशित


subhadra adhikari
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र ३ मंगलबार । वरिष्ठ कलाकार सुभद्रा अभिकारीको जीवनगाथा सार्वजनिक भएको छ । आफूले जीवनमा एउटा कवितासम्म नलेखेको बताउने वरिष्ठ कलाकार सुभद्राले आत्मकथा चाहि लेख्ने धेरै समय पहिलेदेखीको चाहना रहेको बताइन् । नेपाली चलचित्र क्षेत्रमा आफ्नो संघर्स र कठिनाइहरु आफ्नो वास्तविक जीवनमा आधारित रहेर तयार पारिएको ‘सुभद्रा अधिकारी जीवनगाथा’ नामक पुस्तक गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरिएको थियो । subhadra adhikari
वरिष्ठ कलाकार सुभद्रा अधिकारी प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा पुस्तकलाई प्रमुख अतिथी तथा सभासद्  नवीन्द्रराज जोशी, अभिनेत्रीद्धय करिश्मा मानन्धर र रेखा थापाले संयुक्त रुपमा विमोचन  गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एवम् सभासद् नवीन्द्रराज जोशीले कलाकारलाई हरेर मानिसले आफ्नो भविष्य निर्धारण गर्ने बताए । त्यसै गरी कार्यक्रममा सुभद्रा अधिकारी सम्मानबाट सम्मानित भएका निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद २५ हजारको साथमा ताम्रपत्रले प्रतिष्ठानका तर्फबाट सम्मान गरिएको थियो । शर्माले कार्यक्रममा बोल्दै भने–‘उहाँ स्वाभाविक रुपमा अभिनय गर्ने अभिनेत्री हो । उहाँको अभिनयमा नाटकीयपन छैन । रेखा र करिश्माले जस्तै एक्लैले नेपाली चलचित्रलाई हाँक्न सक्ने क्षमता उहाँमा थियो । तर त्यो अवसर उहाँले पाउनुभएन’, निर्देशक लक्ष्मिनाथ शर्माले बताए ।
त्यस्तै कार्यक्रममा अभिनेत्रीद्धय करिष्मा र रेखालेपनि पुस्तक निकालेकोमा बधाइ दिदै छोटो–छोटो मन्तब्य राखेका थिए । अभिनेत्री रेखा थापाले अभिनेत्री सुभद्रालाई रियल हिम्मतवाली भएको विश्लेशण गरेकी थिइन् । कार्यक्रममा लेखिका स्वयम् अधिकारीले भने आफूलाई यहाँसम्म आइपुग्नुको श्रेय आफ्नो परिवार र दर्शकलाई दिइन् । पुस्तकलाई डिकुरा पब्लिकेसन प्रालीले प्रकाशन गरेको हो ।

प्रतिक्रिया