Bisal Chautari Logo

ज्योतिप्रकाशको चित्रकला प्रर्दशनिबाट स्कुललाई ७० हजार

- १३ माघ २०७०, सोमबार १३:२२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १३ माघ ।
ज्योतिप्रकाश बि.के.को चौथो एकल चित्रकला प्रर्दशनीमा रहेका सम्पुर्ण चित्रहरु विक्रि भएको छ । गत ७ गतेबाट सुरुवात भएको चित्रकला प्रर्दशनीको ५ दिनको बिचमा सबै चित्रहरु बिक्रि भएको चित्रकार ज्योतिप्रकाशले जानकारी दिए । हिजो आइतवारको दिन भन्दा अगाडी सम्म १० वटा चित्रहरु बिक्रि भएका थिए, भने आइतवार बाकि सबै चित्रहरु बिक्रि भएको छ ।
गत ७ गते वरिष्ठ नेता केपी ओलिले उद्घाटन गरेको चित्रकला प्रर्दशनीमा २१ वटा चित्रहरु राखिएको थियो । एउटा चित्रको ७ हजार मुल्य देखी १० हजार सम्मका चित्रहरु प्रर्दशनीमा राखिएको चित्रकार ज्यातिप्रकाशले बताए । चित्रकला प्रर्दशनीमा पहिलो चित्र राष्ट्रिय बाणिज्य बैंकले किनेर सुरुवात गरेको ज्योतिले बताए । चित्रकला प्रर्दशनीबाट आफुले केही गरौँ भन्ने उद्देश्यले आफुले प्रर्दशनीमा राखिएको चित्रको बिक्रीबाट उठेको रकम ५० प्रतिशत स्कुललाई प्रदान गर्ने निधो गरेको बताए । प्रर्दशनिमा राखिएको सबै चित्रहरुको बिक्रीबाट उठेको ७० हजार रकम स्कुललाई आफुले प्रदान गर्ने ज्योतिप्रकाशले बताए । सो रकम नवलपरासिको डेढगाउँ ५ मा अवश्थित अकला देवी प्रा.वीलाई प्रदान गर्ने ज्योतिप्रकाशले बताए ।
मिथिला ये आर्ट ग्यालरीमा सञ्चालन भएको चित्र प्रर्दशनीमा राखिएका चित्रहरुमा एविस्ट्रयाक क्युबिजम लगायतको सहायताले चित्र कोरीएको ज्योतिप्रकाशले बताए । चित्रहरुमा नेपालको सास्कृतिक, धार्मिक, र एतिहासिक सम्पदाहरुलाई जोगाई रहनुपर्छ भन्ने सन्देश दिएको चित्रकला प्रर्दशनिमा आएका वरिष्ठ चित्रकार गेहेन्द्रमान अमात्यले बताए । यस्तै ज्योतिप्रकाशलेपनि आफ्नो मुख्य उद्देश्य नेपाल सरकारलाई यहि कुरा चित्र मार्फत सचेत गराउनु रहेको बताए ।
चित्रकार ज्योतिप्रकाशले २०५२ सालमा ललितकला क्याम्पसमा अध्ययन गर्न थालेपछि देखि नै चित्रकलामा लागेको बताए । चित्रकलामै उनले मास्र्टस सकाएर पछिल्लो समयमा त्रिभुवन क्याम्पसमा चित्रकला सम्वन्धि नै प्रध्यापन गराईरहेको बताए । ज्योतिप्रकाशले एकल चित्रकला प्रर्दशनी पहिलो चोटि २००१ मा, दोस्रो २००४मा, तेस्रो २०१२ मा र चौथो अहिले २०१४ मा गरिरहेको बताए । आफुले एकल चित्रप्रर्दशनीलाई निरन्तरतापनि दिईरहने बताए ।

 

प्रतिक्रिया