Bisal Chautari Logo

सिन्धुपाल्चोकका पहिरो पिडितलाई ८० हजारको राहत सामग्री प्रदान

- ३० श्रावण २०७१, शुक्रबार १८:१३ मा प्रकाशित


Massive landslide Sindhupalchowk
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, ३० विहिबार । नेपाल सितोरियो कराते संघ खोटाङ र ठमेल ह्याण्डीक्राफ्ट व्यवसायी संघले सिन्धुपाल्चोकका पहिरो पिडितलाई ८० हजार बराबरको बन्दोबस्तीका सामान प्रदान गरेको छ । काठ्माडौंमा रहेका सितोरियो संघ र ह्याण्डीक्राफ्ट व्यवसायी संघका पदाधिकारीले राजधानीमा राहत रकम संकलन गरेर बन्दोबस्तीका सामान खरिद गरी पहिरो पिडितलाई प्रदान गरेका हुन् । Massive landslide Sindhupalchowk
सितोरियो संघ र ह्याण्डीक्राफ्ट व्यवसायी संघले बिहिबार सिन्धुपाल्चोकमा पुगेर ७९ हजार ५१५ को भााडाकुाडा, लत्ताकपडा लगायतका बन्दोबस्तीका सामान प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई हस्तान्तरण गरेका छन् । राहत स्वरुप संकलन गरिएको रकमबाट ५५ घर परिवारलाई पुग्ने भाडाकुडा र लत्ताकपडा जुटाएर हस्तान्तरण गरिएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जय राईले बताए । ‘५५ परिवारलाई पुग्ने थाल, भााडा, कराही, डाडु, पन्यू गरी दश–दश सेट सामान प्रदान प्रदान गरिएको छ,’ अध्यक्ष राईले भन्नुभयो, ‘प्राकृतिक बिपत्तीमा परेका पिडितको सहयोगकालागि हातेमालो गरेका हौ ।’ नगद रकम प्रदान गर्ने तयारी गरिएको भएपनि बन्दोबस्तीका सामान प्रदान गर्नु पिडितकालागि प्रभावकारी हुने सुझावका आधारमा भाडाकुडा र कपडा किनेर दिइएको संघले जनाएको छ । नेपाल सितोरियो कराते संघका पदाधिकारी, ठमेल ह्याण्डीक्राफ्ट व्यवसायी संघका ज्ञानबहादुर सुनुवार, खोटाङका कांग्रेस नेता इच्छुराम राना, पत्रकार भीम राई सहितको टोली सिन्धुपाल्चोक पुगेर राहत सामग्री प्रदान गरेका हुन् ।

प्रतिक्रिया