Bisal Chautari Logo

संगीत तथा साहित्यको भिडमा पहिचान बनाउदै भुवन

- १४ माघ २०७०, मंगलवार ०४:३२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १४ माघ ।
नेपाली साङ्गीतिक तथा साहित्यको क्षेत्रमा विभिन्न किसिमका प्रतिभाहरु आउछन् । सबै कलाकारहरु सफल नै हुन्छन्, भन्नेपनि छैन । तर पछिल्लो समयमा भुवन शर्मा कंडेल नेपाली साङ्गीतक क्षेत्र र साहित्यको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन खोजिरहेका प्रतिभा हुन ।
उनी साहित्यका सवैजसो विधामा कलम चलाउने बताउछन् । गीत, गजलमा निक्कै कलम चलाउने कंडेलको सिर्जनाका यात्रामा उनले निकालेको ‘समय’ नामक एल्बमले दर्शक श्रोतामा राम्रै छाप राख्न सफल रर्‍यो । चर्चित गायक राजेश पायल राईले ‘मैले माया मागे’ बोलको गीत दर्शक श्रोताहरुले निक्कै रुचाएका थिए । त्यहि दर्शक श्रोताहरुको मायाको कारण कंडेलले फेरी नयां एल्बम नेपाली श्रोता तथा दर्शकहरुका लागी ल्याउने भएका छन् ।

प्रतिक्रिया