Bisal Chautari Logo

सुनिताको तिज कोशेली ‘तीजको आयो लहर’ र ‘चुप्प मोइ खाउँला आमाको गालैमा’

- २९ श्रावण २०७१, बिहीबार ०७:५५ मा प्रकाशित


sunita dulal
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २९ विहिबार । वर्षको प्राय सबै महिनाजसो नेपाल बाहिर साङ्गीतिक कन्सर्टहरुमा ब्यास्त रहने गरेकी चर्चित गायिका सुनिता दुलाल हरेक वर्षको तिजमा भने प्राय नेपालमै हुन्छिन् । विगत एक दशकदेखी गायिका दुलाल हरेक वर्ष जसो तिज बिशेष गीतहरु ल्याउने गरेकी छिन् । यस्तै क्रममा यस वर्षको तिजमापनि चर्चित गायिका सुनिता दुलालले ‘नाचौं सरर’ बोलको एल्बम लिएर आएकी छिन् । sunita dulal (1)
तिज बिशेष एल्बममा ‘तीजको आयो लहर’, ‘चुप्प मोइ खाउँला आमाको गालैमा’ र आठ वटा गीतहरु पुरानै भीसीडी कलेक्सनबाट ‘नाच्नलाई पैतला भाँच्नलाई कम्मर’, ‘यस पालिको तीजमा’, ‘सधैं तीजमा ब्रत बस्छु’, ‘अलि फरक भा की छु यसपालि’, ‘फूलबुट्टे सारी’, ‘उनको लागि ब्रत बसेको’, ‘अब त मैले नि झुम्का लगाउँछु’ र पोहोरको तीजमा रातो थियो साडी बोलको गीतहरु समावेश गरिएको छ ।

[gss ids=”4995,4994,4992,4991,4990,4989,4993″]

बोलको दुई गीतहरु रहेका छन् । ‘तीजको आयो लहर’ बोलको गीतलाई कुमार विवाहितले रचना गरेका हुन् भने सुरेश अधिकारीको संगीत छ । त्यस्तै ‘चुप्प मोइ खाउँला’ बोलको गीतमा भने महेश खडकाको रचनासंगै संगीतपनि रहेको छ । यी दुबै बोलको गीतलाई नृत्य निर्देशकबाट निर्देशनमा लागेका गोविन्द राईले निर्देशन गरेका हुन् ।

New Teej Song 2071 ‘Teej Ko Ayo Lahara’ FULL [HD] # Sunita Dulal

New Teej Song 2014 ‘Chuppa Moi Khaula Ama Ko Gala Ma’ FULL [HD] # Sunita Dulal

प्रतिक्रिया