Bisal Chautari Logo

‘जय हो’को ४ दिनमा १०० करोड मात्र कलेक्सन

- १४ माघ २०७०, मंगलवार १६:४७ मा प्रकाशित


मुम्बई : बलिउड स्टार अभिनेता सलमान खानको पछिल्लो चलचित्र ‘जय हो’ ले रिलिज भएको ४ दिनमा १०० करोड माथिको व्यावसायिक कलेक्सन गरेको छ । यो कलेक्सन भारतमा मात्र नभएर विश्वभरी भएको कलेक्सन समोल गरेर सय करोड माथिको कलेक्सन पार गरेको हो ।
चलचित्र ‘जय हो’ गत २४ जनवारीमा रिलिज भएको थियो । अनि यस चलचित्रले गत सोमबार सम्ममा यस चलचित्रले १००.८० करोड भारुको कलेक्सन गरेको थियो । गत आइतवार यस चलचित्रले प्रर्दशन भएको दिनहरुमा भन्दा राम्रो कलेक्सन गर्दै २६ करोडको व्यापार गरेको थियो । चलचित्र विश्वभरमा ५ हजार भन्दा बढि चलचित्र भवनहरुमा रिलिज भएको थियो । तर अभिनेता सलमानको यस चलचित्रले बल्ल तल्ल १०० करोडको आँकडा पार गरेको छ । तर यस चलचित्रले बक्स अफिसमा त्यस्तो किसिमको प्रर्दशन गरेन, जति बक्स अफिसमा अपेक्षा गरिएको कलेक्सन । यस चलचित्र प्रर्दशन हुन भन्दा अगाडीको तुलना अमिर खानद्धरा अभिनीत चलचित्र ‘धुम ३’ र अभिनेता शाहरुखद्धरा अभिनित चलचित्र ‘चेन्नइ एक्सप्रेश’संग तुलना गरिरहेको थियो । चलचित्र ‘जय हो’ भारतमा ४ दिन सम्ममा ७७.८० करोडको भारुको कमाई गरेको छ । बाकि २३ करोड रुपैया कलेक्सन अन्य देशबाट गरेको थियो ।

प्रतिक्रिया