Bisal Chautari Logo

खोटाङ कांग्रेस जिल्ला सभापतिसहित चार जनाविरुद्ध अदालतमा मुद्दा

- २६ श्रावण २०७१, सोमबार ०४:०१ मा प्रकाशित


Bishnu Kumar Rai court against
विशाल चौतारी 
काठमाडौं, २०७१, श्रावन, २६ सोमबार । कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईसहित चार जनाबिरुद्ध जिल्ला अदालतमा उजुरी परेको छ । कांग्रेस लफ्याङ सभापति लोकेन्द्र राईलाई कुटपिट गरेको आरोपमा जिल्ला सभापति सहित चार जना बिरुद्ध जिल्ला अदालत खोटाङमा उजुरी परेको हो । Bishnu Kumar Rai court against
कांग्रेस क्षेत्र नम्बर–२ को अधिवेशनकाक्रममा गत असार–२१ गते राती निर्घात कुटिएका गाउ सभापति राईले जिल्ला सभापति राई, पूर्व जिल्ला सदस्य रमेश खड्का, तरुण दलका जिल्ला उपाध्यक्ष भलकाजी गुरुङ र कार्यकर्ता सुमन गुरुङलाई दोषी बनाएर अदालतमा मुद्दा दिएका हुन् । जिल्ला सभापतिकै संलग्नतामा आफुमाथि कुटपिट भएका कारण सभापति सहित चार जनालाई मुद्धा दिएको गाउा सभापति राईले बताए ।
दोषीलाई कानूनी कारबाही गर्न र उपचार गर्नेक्रममा लागेको खर्चको दाबी गर्दै अदालतमा मुद्धा दिएको पिडित परिवारको भनाई छ । घटना लगत्तै दिइएको उजुरी प्रहरीले दवावमा परेर दर्ता गर्न नमानेपछि अदालत जानुपर्ने अवस्था आएको राईको भनाई छ । कुटपिटबाट राईको टाउको, आाखा र ढाडमा चोट लागेका घाईतेको घाउ जााचकालागि उसबेला दिएको किटानी जाहेरी लिन समेत प्रहरीले डेढ दिन आलटाल गरेको राईकी श्रीमती शशिकला राईले गुनासो गरिन् ।
क्षेत्रीय अधिबेसनमा आफ्नो पक्षका उम्मेदवारलाई असहयोग गरेको भन्दै गाउा सभापति राईमाथि दिक्तेलस्थित त्रिवेणीचौकमा कुटपिट भएको उनी निकट नेताहरु बताउाछन् । कुटपिटपछि अस्पतालमा उपचार गराइरहेका राईलाई असार–२२ गते भएको अधिवेशनमा मतदान गर्न स्ट्रेचरमा बोकेर मतदानस्थल पुर्‍याइएको थियो । कांग्रेस जिल्ला सभापति राईले भने, आफ्नो व्यक्तिगत चरित्र हत्या गर्न खोजिएको बताउादै आएका छन् ।
संबिधानसभाको दोश्रो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार बिष्णुकुमार राईका बिरुद्ध बागी उम्मेदवार दिएकोमा क्षेत्र नम्बर–२ का तत्कालिन सभापति बिष्णुराज राई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासित भएपछि रिक्त पदका लागि अर्को अधिबेसन भएको थियो ।
यसैबीच, गाउ सभापति राईमाथि कुटपिटमा संलग्न दोषीलाई हालसम्म कारबाही नभएको भन्दै महिला सशक्तिकरण समूह लफ्याङ र लाफेहाछा परिवारले बिरोध गर्दैआएका छन् । उनीहरुले दोषीलाई कानूनी कारबाही गर्न र पीडितलाई न्याय दिलाउनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया