Bisal Chautari Logo

मोहनको पहिलो ‘साम्योङ’ आउदै, ‘यो आखाले ताकेको’ म्युजिक भिडियो सार्वजनिक

- २४ श्रावण २०७१, शनिबार १७:२४ मा प्रकाशित


mohan rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २४ शुनिवार । नेपाली साङ्गीतिक क्षेत्रमा नव गायकहरुको आगमन दिनानुदिन बढ्ने क्रम जारी रहेको छ । यस्तै क्रममा नव गायक मोहन राईपनि नेपाली साङ्गीतिक क्षेत्रमा एल्बम ‘साम्योङ’ मार्फत भित्रिएका छन् । mohan rai (1)
५ गीत समावेश रहेको एल्बमका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम जारी रहेको छ । केही दिन अगाडी मात्र गायक मोहनको पहिलो एल्बमको पहिलो म्युजिक भिडियो ‘यो आखाले ताकेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा सन्दिप, शिशिर, लुनिभा र वर्षाले मोड्लिङ गरेका छन् भने मामाको भुमिका स्वयम गायक मोहन राईले गरेका छन् । म्युजिक भिडियो अमन प्रताप अधिकारीको निर्देशन रहेको छ ।
एल्बममा ‘तिम्रो मनमा, मेरो मनमा के को हुरी, यो आखाले ताकेको, विपनिमा र यो मायालाई भेटेको आजै हो बोलको गीतहरु समावेश गरिएको छ । एल्बममा नरेश भट्टराई, उर्गेन तामाङ र कुमार बिवाहितको शब्द रहेको छ, भने विनोद खम्बु र उर्गेन तामाङकै संगीत रहेको छ ।

[gss ids=”4909,4908,4910,4907,4911″]

एल्बमको बारेमा विशाल चौतारी डटकमसंग कुराकानी गर्दै गायक मोहन राईले आफ्नो पहिलो प्रयासको एल्वम रहेको बताए । गायक मोहनले भने–‘हुनत मलाई संगीतको कुनै ज्ञान छैन, र सिकेकोपनि छैन । मैले यो एल्बम रहरै रहरमा ख्याल–ख्यालमै ल्याएको हु । मलाई धेरै पहिलादेखीको एल्बम ल्याउने सोच थियो,’ नव गायक मोहन राईले बताए । एल्बमका गीतहरुलाई राम्रो गर्ने प्रयास गरेको उनले बताए ।

प्रतिक्रिया