Bisal Chautari Logo

किङखान शाहरुख ‘डान्स विथ डन’का लागी काठमाडौं आउने

- २३ श्रावण २०७१, शुक्रबार १४:११ मा प्रकाशित


shahrukh khan in nepal-dance with don offer
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २२ शुक्रबार । किङखान अर्थात बलिउड बादशाह शाहरुख खान काठमाडौं आउने भएका छन् । अन्तराष्ट्रिय पेन्ट्स कम्पनीको कान्साई नेरोल्याकले किङ खानलाई काठमाडौं ल्याउन लागेको हो । अभिनेता शाहरुख खान दशैँपछि काठमाडौं आउने कार्यक्रम तय भएको कम्पनीले जनाएको छ । अभिनेता शाहरुख कान्साई नेरोल्याक पेन्टस्का ब्रान्ड एम्बेस्डर हुन् । shahrukh khan in nepal-dance with don offer (1)
कान्साई नेरोल्याक पेन्टस् कम्पनीले शाहरुखलाई नेपाल भित्राउने कार्यक्रम सहित ‘डान्स विथ डन’ अफर ल्याएको छ । आयोजनकले अभिनेता शाहरुख काठमाडौं आउने मिति कातिर्कका लागि निर्धारण गरेका छन् । आइपिएल क्रिकेट टिम कोलकोत्ता नाइट राइडर्सका मालिक समेत रहेका किङ खान ६ सय मिलियन अमेरिकी डलरका मालिक हुन्, भने विश्वकै दास्रो धनी अभिनेतापनि केही समय अगाडी बनेका छन् । अभिनेता शाहरुखको पछिल्लो सिनेमा ‘ह्याप्पि न्यु इयर’ रिलिजको क्रममा रहेको छ ।

shahrukh khan in nepal-dance with don offer (2)

प्रतिक्रिया