Bisal Chautari Logo

गजितको ८ बर्षिया छोराले सिनेमा निर्देशन गर्दै ||कान्छो निर्देशकमा ‘गिनिज बुकमा नाम लेखाउने तयारी

- २२ श्रावण २०७१, बिहीबार ०९:५८ मा प्रकाशित


saugat Bista and Gajit Bista movie love you baba

कान्छो निर्देशकको रुपमा ‘गिनिज वल्र्ड रेकर्डस्’मा नाम लेखाउने तयारी

विशाल चौतारी समाचार
काठमाडौं, २०७१ साउन, २२ विहिबार । अभिनेता तथा डान्सर गजित विष्टका आठ बर्षिया छोरा सौगात विष्टले चलचित्र निर्देशन गर्ने भएका छन् । हिजो बुधबार काठमाडौमा एक औपचारीक कार्यक्रमको आयोजना गरी चलचित्र बन्ने बारे जानकारी दिइएको थियो । कक्षा २ मा पढ्ने सौगातले ‘लभ यू बाबा’ नामक सिनेमा निर्देशन गर्ने भएका हुन् । saugat Bista and Gajit Bista movie love you baba (1)
यस औपचारीक कार्यक्रममै सिनेमा ‘लभ यू बाबा’को निर्माणको औपचारिक घोषणापनि गरिएको छ । औपचारीक कार्यक्रममा बाल निर्देशक सौगातको बोल्ने शैलीले उपस्थित अतिथी तथा पत्रकारहरुमा ध्यान केन्द्रित गराएको थियो । निर्देशक सौगातले औपचारीक कार्यक्रममै सिनेमा निर्देशन गर्ने हिम्मत कसरी जुट्यो, भन्ने विषयमा बोल्दै भने, ‘मेरो बाबा एक्टर । चलचित्र खेलेर अवार्ड पाउनु भयो । दिदीले पनि चलचित्र खेलेरै अवार्ड पाउनु भयो । काका डान्सर । उहाँले पनि नाचेर अवार्ड पाउनु भयो । मैंले चाहिं के गरेर अवार्ड पाउने त ? चलचित्र निर्देशन गरेर अवार्ड पाउँछु भनेर चलचित्र निर्देशन गर्न लागेको हुँ । मैले चलचित्र निर्देशन र क्यामेरा एङगल चलचित्र ‘जन्मभूमि’मा अभिनय गर्दा सिकेको थिए । जन्मभूमि खेलेर घर फकिर्एपछि सुरुमा बाबालाई चलचित्र निर्देशन गर्छु भन्दा पत्याउनु भएन । उल्टो मलाई खिसि गर्नुभयो । तर पछि बाबाले ‘हुन्छ’ भनेर चलचित्रको कथा लेख्नु भयो । अब मेरो काम चलचित्रलाई राम्रो बनाउने काम छ’, ८ वर्षिया बालक सौगात बिस्टले बताए ।

[gss ids=”4895,4894,4893″]

त्यस्तै कार्यक्रममा सौगातका बुवा अभिनेता तथा डान्सर गजित विष्टले छोरोले चलचित्र निर्देशन गर्ने कुरा सुरुमा पत्यार नै नलागेको बताए । पैसा भएर चलचित्र निर्माण गर्न नलागेको बताउदै अभिनेता गजिले भने–‘छोराले अध्ययन गरेपछि मात्रै चलचित्र निर्देशन गर्न सक्छ भनेपछि कथा लेखेको हुँ’, गजितले बताए । त्यस्तै विश्वको सबैभन्दा कान्छो निर्देशकको रुपमा ‘गिनिज वल्र्ड रेकर्डस्’मा समेत नाम लेखाउने प्रक्रियाको प्रयास भैरहेको समेत अभिनेता गजितले बताए जानकारी दिए ।
‘लभ यू बाबा’ मा कास्टिङ निर्देशन गर्दै गरेका चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले सौगातको क्षमताकै कारणले सिनेमामा आफु सम्लग्न भएको बताए । त्यस्तै चलचित्र विकास वोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताले सिनेमा उत्कृष्ट बनेमा विकास बोर्डले २ लाख रुपैयाँ सम्मको सहयोग गर्ने वचन दिए ।
अभिनेता गजित विष्टको कथा रहेको सिनेमा ‘लभ यू बाबा’मा सम्झना पोखरेलको लगानी रहनेछ । निर्मात्री सम्झना गजितकी पत्नी हुन् । चलचित्रमा रोशनी बज्रचार्यको सह–निर्माण रहनेछ । गम्भिरको पटकथा तथा सम्वाद रहेको चलचित्रमा गजित विष्टसँगै छोरी संगम विष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा, अनमोल अग्रवाल, अर्जुन गुरुङ, राजु बजाज, सुरेन बसेल लगायतको मुख्य भुमिका रहनेछ । अभिनेत्री अनु शाह र सञ्चारकर्मी निर्देशक सुव्रत आचार्य अतिथि भूमिकामा प्रस्तुत हुँदैछन् । चन्द्र पन्तको दन्द्ध निर्देशन रहने सिनेमा ‘लभ यू बाबा’ मा स्वरुपराज आचार्य, डेनि निरौला, दीपक शर्मा र प्रदीप बास्तोलाको संगीत रहेको छ । केही दिन अगाडी मात्र यही चलचित्रको गीतलाई राजेश पायल राईले गाइसकेका छन् ।

प्रतिक्रिया