Bisal Chautari Logo

चचिर्त डन ‘चरी’ प्रहरीसँगको मुठभेडमा मारिए

- २१ श्रावण २०७१, बुधबार १५:२४ मा प्रकाशित


Dinesh Adhikari Chari shot dead
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २१ बुधबार । चचिर्त डन दिनेश अधिकारी चरी प्रहरीसँगको मुठभेडमा मारिएका छन् । बुधबार अपरान्हन प्रहरी टोलीसँग काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा भिडन्त भएको प्रहरीले जनाएको छ ।Dinesh Adhikari Chari shot dead (1)
घटनास्थलमा पुगेका महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख प्रमुख एसएसपी पुष्कर कार्कीले चरी मारिएको पुष्टि गरेका छन् । उनका अनुसार चरीमाथि आठ राउण्ड गोली हानिएको थियो । प्रहरी टोलीले उनीमाथि आठ राउण्ड गोली हानेको थियो । उनको पेट र छातीमा गोली लागेको छ । मोटरसाइकलमा सवारी चरी गोली लागेपछि सडक किनारमा ढलेका थिए । चरीले हानेको गोली लागी एक प्रहरी पनि घाइते भएका छन् । घटनास्थलबाट प्रहरीले हतियार बरामद गरेको छ ।
धादिङका राधे भण्डारीमाथि खुकुरी हानेको अभियोग लागेपछि चरी केही समयदेखि सार्वजनिक रुपमा हिडडुल गरिरहेका थिएनन् । चरी काठमाडौं आएको खबरपछि खोजी थालिएको र पछयाउने क्रममा भीमढुंगामा पुग्दा मुठभेड भएको बताएको छ ।

को हुन् चरी ?

धादिङ घर भएका डन दिनेश अधिकारी ‘चरी’ धादिङ क्षेत्र नम्बर १ का एमाले पूर्वउपाध्यक्ष समेत हुन् । एमालेको संरक्षण पाएपछि उनी चर्चामा आएका थिए । यद्यपि अहिले एमाले नेताहरु उनीसँग सम्बन्ध तोडिसकेको बताउँछन् ।

[gss ids=”4883,4884,4882,4881″]

काठमाडौंको बालाजु र नयाँबजार क्षेत्रलाई अपराधिक केन्द्र बनाएका चरीले यापारीहरुसँग जवरजस्ती रकम असुली, ठेक्कापट्टा कब्जा र गैँडाको खाग तस्करी गर्ने गरेको प्रहरीको आरोप छ । दुई वर्षअघि गैँडाको खाग तस्करी गरेको अभियोगमा प्रहरीले चरीलाई काठमाडौंको बालाजुस्थित एक गेस्ट हाउसबाट पक्राउ गरेको थियो ।
एमाले धादिङ क्षेत्र नं. १ का उपाध्यक्ष भएकै बेला पक्राउ परेका चरीलाई राजनीतिक दबावमा मुक्त गराएका थिए । काठमाडौंमा रमेश खरेल प्रहरी प्रमुख बनेर आएपछि भने चरी भागेर सिंगापुर र भारतस्म्म पुगेका थिए । खरेलका पालमा उनलाई मोस्ट वान्टेडको सूचीमा राखेर खोजी भइरहेको थियो । ६ महिनाअघि धादिङकै गुण्डा नाइके राधे भण्डारीसँग उनको झगडा भएको थियो । कुनै समयमा उनकै ग्याङमा रहेका भण्डारीले चरीलाई गोली हानेका थिए । त्यसको बदालामा चरीले भण्डारीलाई खुकुरी हानेपछि प्रहरीले खोजी थालेको थियो । नुवाकोटका व्यापारीहरसँग धम्क्याएर असुलेको २१ लाख रुपैयाँको चेक र अवैध हतियारसहित पक्राउ पर्दा पनि एमाले नेतृत्वकै दबावमा केही सार्वजनिक अपराधको अभियोग लगाएर उन्मुक्ति दिइएको थियो । Sources privy to this development informed a squad of police deployed from the Metropolitan Crime Division opened fire. (स्रोत : अनलाइन खबर डटकम)

प्रतिक्रिया