Bisal Chautari Logo

खोटाङमा पहिलो लेयर्स जातको कुखुराबाट अण्डा उत्पादन सुरु

- २० श्रावण २०७१, मंगलवार १८:१७ मा प्रकाशित


khotang news-5
सचिन राई
खोटाङ, २०७१, श्रावन, २१ बुधवार । जिल्लामै पहिलो पटक अण्डा उत्पादन शुरु भएको छ । सदरमुकाम दिक्तेलस्थित कालिका कृषि सहकारी संस्था लिमिटेडले जिल्लामै पहिलो लेयर्स जातको कुखुराबाट अण्डा उत्पादन सुरु गरेको हो ।khotang news
दैनिक साँढे पाँच सयभन्दा बढि अण्डा उत्पादन शुरु भएको सहकारीका अध्यक्ष सुवाश जोशीले बताए । जोशीले भने, ‘उत्पादित अण्डा जिल्लाको १४ ठाउँमा बिक्री केन्द्र स्थापना गरेर बिक्री गर्ने तयारी गरेका छौं ।’ अध्यक्ष जोशीका अनुसार गत फागुन–१५ गते चल्ला लगाइएको फार्ममा अहिले एक हजार ११ वटा कुखुर छ । यसैमहिनाबाट अण्डा दिन शुरु गरेको कुखुराको हेरचाह सहकारीमा आवद्ध शेयर सदस्य आफैले गर्ने गरेका छन् ।
फार्ममा उत्पादित अण्डा जोडीको ३५ रुपैयाँमा बिक्री हुने गरेको छ । तराईबाट ल्याइने अण्डाभन्दा ताजा र स्वास्थ्यकर हुने भएकाले यहीँ उत्पादित अण्डा खान थालेको उपभोक्ताको भनाइ छ । यातायात समस्याले जिल्लामा ताजा अण्डा उपभोग गर्न नपाएपछि अण्डा उत्पादनका लागि फर्म सञ्चालन गरिएको अध्यक्ष जोशीले बताउनुभयो । उहाँका अनुसार दैनिक नौं सय अण्डा उत्पादन गर्ने लक्ष्य राखिएको छ । सहकारीको छ लाख ७० हजार र जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको पा ? च लाख ६० हजार गरी १२ लाख तीस हजार रपैया ? लगानीमा फार्म शुरु गरिएको अध्यक्ष जोशीको भनाइ छ । नारायणघाटस्थित अबिनाश ह्याचरीबाट प्रतिगोटा एक सय ५२ रपैयाले चल्ला खरिद गरिएको उनले जानकारी दिए । बाहिरबाट आयात गरिएको अण्डा हल्लिनुका साथै बाटोको समयसहित लामो समयसम्म राखिने भएकाले छिटै बिग्रेर जाने जिल्ला पशुसेवा कार्यालय खोटाङले जनाएको छ । उक्त अण्डा खानुभन्दा नखानु नै जाती हुने कार्यालयको सुझाव छ ।

प्रतिक्रिया