Bisal Chautari Logo

पाचँ वर्ष अगाडी आमा बन्दिन – करिना

- १६ माघ २०७०, बिहीबार १५:५१ मा प्रकाशित


एजेन्सी समाचार
मुम्बई, १६ माघ ।
पछिल्लो केहि दिनदेखी बलिउड अभिनेत्री करीना कपूरले एक अन्र्तवार्ताको क्रममा आफु अझै करिव पाचँ वर्ष भन्दा अगाडी आमा नबन्ने बताएकी छिन् । अभिनेता सैफ अली खानसंग केहि वर्ष अगाडी बिबाह बन्धनमा बाधिएकी अभिनेत्री करीनालाई प्रिग्नेन्ट भएको खबरहरु आउन थालेपछि यस कुरालाई मध्ये नजर गर्दै अभिनेत्री करीनाले बताएकी हुन् ।
अभिनेत्री करीना कपूर साडीमा पछिल्लो समय रिलिज भएका तस्विरहरुमा प्रिग्नेन्ट रहेको खबरहरु सार्वजनिक भएको थियो । तर अभिनेत्री करीनाले यस कुरालाई ध्यानमा राख्दै यस कुरालाइ खुलस्त मात्र बनाइनन्, उनले करिव ५ वर्ष भन्दा अगाडी आफु आमा नबन्नेपनि बताइन् । यस कुरामा उनका पति तथा अभिनेता सैफ अली खानपनि सकारात्मक रहेको बताइएको छ ।
अभिनेत्री आमा बन्ने कुरा किन उठ्यो भने, यस वर्षहरुमा भएका फिल्म अवार्डमा उनलाई पर्फमेन्समा देख्न नपाइएका कारण रहेको बलिउड सञ्चार माध्ययमले बताएको छ । तर अभिनेत्री करीनाले यस कुरालाईपनि प्रश्ट्याउँदै चलचित्र अवार्ड समारोहमा पैसा नलिइ काम नगर्ने कारणले आफु अवार्ड समारोहमा पर्फमेन्समा नआएको बताइन् । अभिनेत्री करीना यस २०१४ सालमा अजय देबगनको ‘सिङ्गम’को सिक्वेल ‘सिङ्गम २’को काममा व्यास्त हुनेछिन् ।

प्रतिक्रिया