Bisal Chautari Logo

खोटाङमा एक कृषकको फलफूल बिरुवाबाट वार्षीक ७ लाख कमाई

- १९ श्रावण २०७१, सोमबार ११:०८ मा प्रकाशित


khotang Agricultural

सफल्ताको कथा

भिम राई
काठमाडौं, २०७१, श्रावन, १८ आइतबार । फलफूलको बिरुवा बिक्री गरेर एक जना कृषकले वार्षिक सााढे सात लाख कमाउाछन भन्दा अचम्म लाग्न सक्छ । तर खोटाङका एक कृषकले वार्षीक सात लाख बढिको आम्दानी गर्दै आएका छन् । याम्खा–५ का ५४ वर्षीय रामनिधि आचार्यले बाँझो रहेको दश रोपनी जग्गामा सुन्तला, अनार, कुरीलो, कागती, जुनार, निभूवा, अम्बा लिची लगायत फलफूलका बिरुवा उत्पादन गरेका छन् । विभिन्न प्रजातिको फलफूलको नर्सरीबाट उत्पादित बिरुवा बिक्री गरेर उनले वार्षिक साँढे सात लाखभन्दा बढिको गरेका हुन् । ‘सुरुमा त त्यती राम्रो अम्दानी भएन तर, अहिले आएर वार्षीक सात लाख बढिको अम्दानी हुने गरेको छ ।’ आचार्यले भने, अन्य बाली भन्दा कम मेहनत र हावापानीले पनि असर नगर्ने भएकाले आफूले फलफूलको नर्सरी लगाएको उनले थपे । आचार्यका अनुसार उत्पादित फलफूलको नर्सरी प्रतिगोटा २० देखि ५० रुपैयाामा घरैबाट बिक्री हुने गरेको छ । khotang Agricultural
नर्सरी व्यवस्थापन सम्बन्धी धनकुटामा तालिमपछि खोटाङको याम्खामा नाङगो डाँडा फडानी गरेर व्यवसायिक नर्सरी उत्पादन गर्न थालेको पाँच वर्ष भईसकेको छ । शुरुमा नर्सरीबाट उत्पादित बिरुवा विक्री हुन अलि गार्‍हो भएपनि पछिल्लो समय जिल्ला कृषि विकास कार्यालय खोटाङ, विभिन्न गाविस, छिमेकी जिल्ला भोजपूर र उदयपुरमा समेत बिक्री हुन थालेपछि भने प्रशस्त आम्दानी हुन थालेको उनि बताउँछन । ‘जाँगर भए यही कमाउन सकिन्छ, कमाउन कै लागि किन अर्काको देश जाने !’ उनको प्रतिप्रश्न रहेको छ ।
नर्सरी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले थप पाँच रोपनी जग्गामा समेत यसै वर्षबाट खेती विस्तार गर्ने तयारी गरेका छन् । कृषकहरुबाट अत्याधिक माग आउन थालेपछि यसलाई बढाउने तयारी गरेको आचार्यले बताए ।
खोटाङ जिल्लाका अगुवा कृषकका रुपमा पुरस्कृत भइसकेको आचार्यले गाविसका नौंवटै वडामा कृषक समूह गठन गरेर नर्सरी लगाउने तरिकाको बारेमा जानकारी दिएको बताउने उनले भने ‘मेरो नर्सरी देखेर गाविस बाहेक अन्य क्षेत्रका कृषकहरुले समेत तालिम दिन आग्रह गर्ने गरेका छन् ।’
जिल्लामा आफ्नै लगानीबाट उल्लेख्य प्रगति गरेको भन्दै तीन छोरा र एक छोरीकी बुबा आचार्यलाई जिल्ला कृषि विकास कार्यालय लगायत विभिन्न संघसंस्थाले सम्मान समेत गरीसकेको छ ।

प्रतिक्रिया