Bisal Chautari Logo

‘सखार’का लागी राजेशपायलले गाए सन्चै छ्यौ तँ

- १८ श्रावण २०७१, आईतवार १७:१३ मा प्रकाशित


rajesh payal rai sakhar song rajesh payal rai sakhar song  (2)
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १८ आइतबार । नेपाली पाश्र्व गायन तथा आधुनिक गायनका नम्बर १ गायक राजेश पायल राई आफ्नो २ महिना भन्दा लामो साङ्गीतिक वल्ड टुरबाट नेपाल आएपछी सिनेमाको गीत रेकडिङ गराउनमा ब्यास्त बनेका छन् ।
ज्याक श्रेष्ठले निर्माण गर्ने चलचित्र ‘सखार’ पछिल्लो समय सिनेमाको गीत निर्माणमा ब्यास्त बनेको छ । यस्तै क्रममा सिनेमाको ‘सन्चै छ्यौ तँ’ बोलको गीत गायक राजेशपायल राईले गाएका छन् । महिलाको स्वरमा गायिका रजिना रिमालले साथ दिएकी छिन् । rajesh payal rai sakhar song  (1)
पछिल्लो समयका ब्लक बस्टर संगीतकार बसन्त सापकोटाले संगीत गरेको यस गीतलाई आवर स्टुडियोमा रेकडिङ गराइएको थियो । राम काजी घिमिरेको निर्देशनमा बन्न लागेको सिनेमाको यस गीत डा. कृष्णहरी बरालले रचना गरेका हुन् । निर्माता ज्याक श्रेष्ठले बताए अनुसार चलचित्र भदौ ५ गतेबाट फ्लोरमा जानेछ । यस चलचित्रमा अभिनेत्री संञ्चिता लुइटेल, किश्वर खतिवडा, होम दवाडी, पुर्णिमा लामा, ध्रुव कोइराला, देव श्रेष्ठ, सपना श्रेष्ठ लगायत मुख्य भुमिकामा रहेका छन् ।

प्रतिक्रिया