Bisal Chautari Logo

मिस मंगोलको आवेदन खुला

- १६ माघ २०७०, बिहीबार १७:४७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, माघ १६ ।
पछिल्लो समयमा मंगोल समुदायमा लोकप्रिय बन्दै गइरहेको मिस मंगोल २०१४ को आवेदन खुला भएको छ । नेपाली सौन्दर्य प्रतियोगीतामा सबभन्दा बढी एक लाख रुपैयाँ पुरस्कार राशी रहेको मिस मंगोल नेपाल २०१४ लाइ एक्सन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको छ ।
मिस मंगोल नेपालमा सहभागी हुन चाहने मंगोल समुदायका युवतिहरुले एक्सन इन्टरटेनमेन्टको कार्यालय अनामनगर वा कम्पनीको आधिकारिक वेबसाइट मिस मंगोल नेपालबाट आवेदन फारम लिन सक्ने व्यावस्था गरिएको बताएको छ । १६ वर्ष देखी २४ वर्ष उमेर समुहका, घटीमा एसएलसी पास एवं पाँच फिटभन्दा बढी उचाई भएका मंगोल समुदायका अविवाहित युवतीले प्रतियोगीतामा भाग लिन पाउने छन् । सुन्दरता, बौद्धिकता र संस्कृतीबीच फ्युजनका रुपमा लिइएको मिस मंगोल नेपालका लागि आवेदन दिनमध्ये पहिलो चरणको छनोट (अडिसन) उत्ररिण गर्ने युवतीलाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने छ । प्रतियोगीलाई प्रतियोगीतासँग सम्बन्धित विभिन्न विषयमा एक महिना प्रशिक्षण दिइने छ । यस क्रममा प्रतिभा प्रस्फुटन, आत्माविश्वासमा अभिवृद्धि, आफुमा भएको क्षमता प्रदर्शनदेखी आफ्नो मौलिक कला, संस्कृती, भाषा, भेषभुषा आदिका बारेमा जानकारीमुलक कक्षा समेत दिइने छ ।
प्रतियोगीतामा शिर्ष उपाधीका साथै फस्ट रनरअप, सेकेन्ड रनरअप, मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस डिसिप्लिन, मिस फोटोजेनिकलगायतका विभिन्न उपाधीहरु पनि प्रदान गरिने छ । मिस मंगोल नेपाल २०१४ को अन्तिम प्रतिष्पर्धा आगामी चैत २२ गते काठमाडौंमा हुनेछ । सन् २००९ देखी सुरु भएको मिस मंगोलको यो छैटौ संस्करण हो । यसअघि सृष्टि राजकणिर्कार, वर्षारानी गुरुङ, सुम्निमा देवान, सपना रोका र मुस्कान लिम्बुले मिस मंगोल नेपालको ताज चुमिसकेका छन् ।

प्रतिक्रिया