Bisal Chautari Logo

२० वर्षमा पनि गाईघाट–दिक्तेल सडक पुरा नहुने भो

- १७ श्रावण २०७१, शनिबार ०२:५२ मा प्रकाशित


gaighat–diktel road
भिम राई
काठमाडौं, २०७१, श्रावन, १७ शनिवार । २० वर्ष अघि जन्मिएको बालक अहिले कस्तो हुन्छ होला ? अनुमान गर्न सकिन्छ निकै राम्रो परिपक्व हुन सक्छ । तर बिस बर्ष अघी सिलान्यास गरिएको सडक भने परिपक्व त के पुराहुनै सकेन ।
प्रसंग हो गाईघाट दिक्तेल सगरमाथा राजमार्ग को । उद्घाटन भएको यतिका वर्ष भएपनि गाईघाट–दिक्तेल सडक व्यवस्थित हुन नसक्दा यातायात सञ्चालनमा समस्या भएको छ । सप्तरीको कदमाहा र उदयपुरको सदरमुकाम गाईघाट हुँदै खोटाङ दिक्तेल बाट सोलुको सदरमुकाम जोड्ने सडक अहिलेसम्म व्यवस्थित हुन नसक्दा यातायात सञ्चालनमा समस्या भएको हो । gaighat–diktel road
विक्रम सम्बत २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उदयपुरको बोक्सेमा उद्घाटन गरेर निर्माण कार्य थालिएको उक्त सडक अहिलेसम्म पनि सदरमुकाम गाईघाटबाट ३७ किमि भन्दा बढि संचालन हुन सकेको छैन । नेपाल सरकारको सडक डिभिजन कार्यालय लाहानको प्रत्यक्ष संलग्नतामा निर्माण कार्य सुरु भएको सडक अहिलेसम्म व्यवस्थित हुन नसक्दा उदयपुरदेखि पहाडी क्षेत्रसम्म सञ्चालन हुने यातायातका सवारी साधन हिउँदमा मात्र सञ्चालन हुन्छ ।
वर्षा याममा बन्द हुने उक्त सडक बाह्रै मास सञ्चालनमा ल्याउन सम्बन्धित निकायले चासो नदिएको यातायात व्यवसायीको आरोप छ । सदरमुकाम गाईघाटबाट पहाडी गाविस आँपटारको फोक्सिङ्टारसम्म कच्ची सडकका रुपमा निर्माण भएको गाईघाट–दिक्तेल सडक खण्डमा अहिलेसम्म ग्राभेलिङ हुन नसक्दा सो क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना सवारीका साधन जोखिम मोलेर सञ्चालन गर्नु पर्ने बाध्यता रहेको खोटाङ यातायात व्यवसायी संघका महासचिव राजकुमार राईले जानकारी दिए , ‘यसबारे सम्बन्धित निकायमा पटक–पटक आग्रह गर्दा समेत सुनुवाई भएन ।’
उदयपुरको आापटार गाविसको फोक्सिङ्टार क्षेत्रभन्दा अगाडि सडक निर्माण कार्य बढ्न नसकेपछि सडक निर्माण कार्य समेत अधुरो अवस्थामा रहेको स्थानीयको भनाइ छ । उदयपुरको खााबु गाविसको छामलिङ क्षेत्रमा सबैभन्दा बढी सडक भत्किएर जीर्ण अवस्थामा रहेको खााबु–६ का स्थानीय वीरबहादुर खत्रीले बताए ।
उक्त सडक सञ्चालनमा आए खोटाङका व्यापारी तथा सर्वसाधारणका लागि तराई जाने सबैभन्दा छोटो मार्ग हुन्छ । तर, २० वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नभएपछि पैदल यात्रा गरेर तराईका जिल्लाहरु पुग्नुपर्ने बाध्यता छ ।
मुख्य गरेर खोटाङको सदरमुकाम दिक्तेलसम्म लक्षित गरेर निर्माण सुरु गरिएको एक सय ५७ किलोमिटर लम्बाईको उक्त सडकखण्ड निर्माण हुन नसक्दा अहिले खोटाङको तल्लो क्षेत्रका ४० गाविसका डेढ लाख जनताले सास्ती भोग्नुपरेको फाक्टाङ–४ का पूर्णप्रसाद सुवेदीले जानकारी दिएका छन् । उदयपुरको पहाडी र मध्य उत्तरी क्षेत्रका गाविसका जनताले समेत सडकको उचित व्यवस्थापनको अभावमा सास्ती भोग्न परिरहेको उदयपुर आँपटार २ रसुवाका केदार राईले बताएका छन ।
देशमा २० वर्षभित्र ठूला–ठूला परिवर्तनहरु भइसके पनि उक्त सडकखण्ड भने अहिले पनि जस्ताको तस्तै रहेको खााबु उच्चमाविका प्राचार्य कुलबहादुर खत्रीको भनाइ छ । राज्यको उचित ध्यान जान नसक्दा र सरकारको उपेक्षाका कारण अहिलेसम्म पनि उक्त सडकखण्ड निर्माण कार्य सम्पन्न हुन नसकेको यस क्षेत्रका जनताको धारणा छ ।
सडक निर्माण कार्यलाई अगाडि बढाउादै भत्किएका सडक खण्डसमेत मर्मत गर्न पर्ने यातायात व्यवसायीहरु बताउँछन् । अहिले सदरमुकाम गाईघाटदेखि गाईघाट–दिक्तेल सडकखण्डको फोक्सिङ्टारसम्मको ३७ किमि कच्ची सडकखण्डमा ठूला तथा साना सवारी साधन सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया