Bisal Chautari Logo

स्र्गबाट गिरीजाको सन्देश–जोक्स हाहाहा

- १७ माघ २०७०, शुक्रबार ०४:२४ मा प्रकाशित


जोक्स सम्वाददाता
शुसिल कोइराला प्रधानमन्त्रि बन्ने पक्का देखिदै गर्दा कोइराला निकटतमहरु मात्र होइन, स्वर्गमा रहेका गिरीजा बाबु लगायत नेकाहरु एक आपसमा खुसियाली बाड्दै गरेको समाचार विशाच चौतारी जोक्स समाचार साम्वाददातालाई जानकारी आएको छ ।
कोइराला परिवारले देश चलाई रहन पाउदा स्वर्गमा समेत गिरीजा बाबुले कोइरालालाई नै निरन्तरता दिदै प्रधानमन्त्रिको दाबि गर्ने सपना बुन्न थालेको स्रोतले बताउछ । मदन भण्डारी, मनमोहन अधिकारी जस्ता अन्य धेरै महान नेताहरुपनि चुपचाप नबस्ने स्रोतको ठहर छ । तर गिरीजा बाबु शुसिल जी लाई सन्देश दिदै भन्नु हुन्छ–‘हेर भाई म के भन्दछु, भने हाम्रो नेपालमा हामि कोइरालाकै हातमा देश हुनु पर्छ । हाम्रो कोइराला परम्परा नतोडियोस् । र म फेरीपनि भन्दछु, हामी कोइराला परिवारको जय होस् । जय स्वर्ग जय नेपाल ।।।

प्रतिक्रिया