Bisal Chautari Logo

४ दिनमा २१ हजारले हेरे बालकलाकारद्धरा अभिनीत गीत

- १८ माघ २०७०, शनिबार १४:३९ मा प्रकाशित


विशाल चौतारी समाचार 
काठमाडौं, १८ माघ ।
चलचित्र ‘नाई नभन्नु ल–२’को ‘यी आँखामा तिमी छौं’ बोलको गीत रिलिज भएको छोटो समयमै सामाजिक सञ्जाल युट्युवमा लोकप्रिय हुदैछ ।
पछिल्लो समयका चर्चित संगीतकार बसन्त सापकोटाको संगीत र कृष्णहरी बरालको शब्द रहेको यस गीतमा प्रेम परियारले गाएका छन् । विकास आचार्यद्धरा निर्देशित ‘नाइ नभन्नु ल २’मा बाल अभिनेता अनुभव रेग्मी र सुज्ञानी भट्टराई भिडियोमा देखिएका छन्, भने चलचित्रमापनि मुख्य भूमिकामै रहेका छन् । युवाप्रेम र राष्ट्रप्रेमका आधारित चलचित्र ‘नाइ नभन्नु ल–२’ ले दर्शकको मन जित्ने निर्माणपक्षको विश्वास रहेको छ । सोहि अनुरुप चलचित्रको गीतलाई पब्लिस भएको ४ दिन हिजो बेलुकी अर्थात माघ १८ गते बेलुकी सम्ममा २१ हजार भन्दा बढी मानिसहरुले हेरेका थिए । चार दिनमा यति भिजिटर नेपाली चलचित्रको लागी राम्रो मानिन्छ । 
चलचित्रमा अनुभव र सुज्ञानीको साथमा सुरज सिह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, जीवन लुईटेल, बर्षा सिवाकोटी, सिताराम कट्टेललगायतको मुख्य भूमिका रहेको छ । चलचित्रको निर्माण आचार्य र दिनेशकुमार पोखरेलले गरेका हुन् ।

प्रतिक्रिया