Bisal Chautari Logo

संगीताको ‘फुल जस्तै लाग्थ्यो माया’ युकेमापनि विमोचन (फोटो फिचर सहित)

- १२ श्रावण २०७१, सोमबार १७:३५ मा प्रकाशित


sangita bayung rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १२ सोमबार । पछिल्लो समयमा नेपाली साङ्गीतिक क्षेत्रमा निकै चर्चामा रहेको ‘फुल जस्तै लाग्थ्यो माया’ बोलको गीतको एल्बम पुन विमोचन भएको छ । गीतकार संगीता बायुङ राईको एल्बम युकेमा विमोचन गरिएको हो । केही महिना अगाडी नै नेपालमा विमोचन गरिसकिएको एल्बमलाई विमोचन कार्यक्रमका अध्यक्ष देब रुम्दली, गायक हरी राई, मिलन राई, देब राज राई, ललित बहादुर राई, विश्वराज राई, इन्द्र बहादुर राई र ओम राईले सामुहिक रुपमा विमोचन गरेका थिए । sangita bayung rai (1)
ओखलढुङ्गा जिल्ला किरात राई समाज युकेले आयोजना गरेको एल्बम विमोचन कार्यक्रममा एल्बमको बारेमा बोल्दै गायक हरी राईले एल्बमका शिर्ष गीत ‘फुल जस्तै लाग्थ्यो माया’ मर्मस्पर्सी गीत बनेको बताए । एल्बमका अन्य गीतहरुपनि साच्चिकै राम्रो बनेको बताउदै हरीले सुभकामना प्रदान गरे । त्यस्तै कार्यक्रममै देब रुम्दालिलेपनि एल्बम ल्याएकोमा सुभकामना प्रदान गरे । एल्बमको सबै संगीत वरिष्ठ संगीतकार शान्तिराम राईले गरेका हुन् ।

[gss ids=”4762,4765,4760,4761,4766,4764,4763,4759″]

छ गीत समावेश एल्बमका गीतहरु क्रमश :
१ फूल जस्तै लाग्थ्यो माया – अन्जु पन्त
२ जिन्दगि के हो यौ – उदए सोताङ
३ ए कान्छा तिम्ले – मिलन अमात्य
४ हराएको मेरो मान्छे – प्रमोद खरेल
५ मायालु म मरिगयेनी – दिपक लिम्बु
६ म त गाउकी चन्चली – युमा राई

संगीता बायुङ राई सम्वन्धित समाचार पढ्नको लागी यहा क्लिक गर्नुहोला ।

प्रतिक्रिया