Bisal Chautari Logo

खोटाङमा ताप खोलामा बिद्युत आयोजना संचालन गर्न शेयर संकलन शुरु

- ११ श्रावण २०७१, आईतवार १९:०४ मा प्रकाशित


khotang news
भिम राई
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १२ सोमबार । खोटाङको तापखोला दोश्रो साना जलविद्युत आयोजनाको शेयर संकलन अभियान काठमाडौमा शुरु भएको छ । काठमाडौ स्थित करात राई यायोक्खाको सुम्निमा हलमा भएको भेलाले शेयर संकलनको अभियान शुरु गर्ने निर्णय गरेको हो । khotang news (1)

तापखोला जलविद्युत सहकारी संस्था लिमिटेडले संचालन गर्न लागेको विद्युत आयोजनाका लागि समुदायको लगानी सुनिश्चित गर्न शेयर संकलन गरिने आयोजनाका आयोजना संयोजक टंक राईले जानकारी दिएका छन् । सहकारीको माध्यामबाट यस अघि तापखोला बाट दुईवटा लघु जलविद्युत आयोजना संचालनमा रहेको छ । khotang news (2)सप्तेश्वर , जालपा, खार्मी र माक्पा गाविसलाई कार्यक्षेत्र बनाएर शुरु गरिएको आयोजनामा हाल तापखोला जलविद्युत सहकारीको एक हजार ४१ घरधुरी शेयर सदस्य रहेकामा अब दुईहजार ५ सय घरधुरी पुर्‍याउने लक्ष्य सहित शेयर विस्तार गर्न लागिएको हो । प्रति शेयर रु एक सयका दरले न्युनतम तीस थान देखी तीनसय थान सम्म शेयर खरिद गर्न पाउने गरी शेयर निस्काशन गरिएको आयोजना संयोजक राई बताए ।
खोटाङ जिल्लाको पहिलो साना जलविद्युत आयोजनाको रुपमा शुरु गरिएको आयोजना ३०३ किलोवाट क्षमताको हुने छ । जम्मा १० करोड २७ लाख ६२ हजार नौसय सन्तानब्बे रुपैयाको लागतमा सम्पन्न हुने आयोजनामा पाँचकरोड ९० लाख रुपैया वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको अनुदान सहयोग, तीन करोड ५० लाख रुपैया बैक रिण र बााकी शेयरमार्फत संकलन गरिने भेलामा जानकारी गराईएको छ । लगानी गरेको तीनवर्ष पछि प्रत्यक्ष लाभांस लिन सकिने ग्यारेन्टी सहित शेयर वितरण गर्न लागिएको पनि आयोजना संयोजक राई जनाएका छन् । समुदायको हितमा गर्न लागिएको यो नै पहिलो साना जलविद्युत योजना भएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका इन्जिनियर तिलक लिम्बुले जानकारी दिएका छन् । विशेष गरि कार्यक्षेत्रका गाविस भित्रका उपभोक्ताहरुको लगानीमात्र खोजिने प्रयास स्वरुप भएको भेलामा देश विदेशमा रहेका व्यक्तिहरुले लगानी गर्न उत्सुकता देखाईरहेको जानकारी दिदै हाल सम्म करिब एक करोड रुपैया बुकिङ भइसकेको र बाकीँ शेयर लिन चाहानेका लागि हाल शेयर खुल्ला रहेकोले चाँडै सम्पर्क गर्न पनि अनुरोध गरेका छन् । लगानीका लागि सकेसम्म कार्यक्षेत्र त्यसपछि जिल्ला वासी र यसले पनि नपुग्ने भएमा मात्र जिल्ला बाहिरको लगानी खोजिने पनि राईको भनाई रहेको थियो ।

प्रतिक्रिया