Bisal Chautari Logo

इशाको ‘पहिलो माया’ नेपाली संगीतप्रेमीलाई

- १० श्रावण २०७१, शनिबार १८:३७ मा प्रकाशित


Ishu Lawati Limbu first albam
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १० शनिबार । गीतकार ईशा लावतीको पहिलो माया सार्वजनिक गरिएको छ । गत शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको प्रमुख अतिथी वरिष्ठ साहित्यकार बैरागी काइँला, वरिष्ठ गीतकार रत्नशमशेर थापा, गीतकार नेपाल प्रतिलिपी अधिकार राजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बिसु कुमार केसी र जुझारु म्यूजिक प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक भानेन्द्र कुमार लिम्बूको हातबाट पहिलो मायाको सार्वजनिक गरिएको हो ।Ishu Lawati Limbu first albam (1)
कार्यक्रममा गीतकार नेपाल प्रतिलिपी अधिकार राजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बिसु कुमार केसी, गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्रमणी दाहाल, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, प्रस्तोता समाज नेपालका उपाध्यक्ष हेमन्त शर्मा, नेपाल संगीतकार संघका महासचिव महेश खड्कालगायतका गीतसंगीत क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा पहिलो मायाको लोकर्पण गरिएको हो ।Ishu Lawati Limbu first albam bimochan - Shreyasi Chemjong Limbu उक्त कार्यक्रममा जुझारु म्यूजिकको तर्फबाट गीतकार विपिन किरणले स्वागत मन्तव्य दिँदै जुझारु म्यूजिक स्थापनाका बारेमा प्रस्ट पारेका थिए । गीतसंगीतको बजार खस्किरहेको भन्ने आरोप खेपिरहँदा अझै गीतसंगीत उद्योगमा क्रियाशील रही हक अधिकारका लागि लड्दै नयाँ भन्दा नयाँ गीतसंगीतको प्रकाशन गर्नका लागि जुझारु म्यूजिक स्थापना भएको उनले बताएका थिए ।
विमोचन कार्यक्रममा गीतकारका तर्फबाट ईशा लावतीले आफ्नो मन्तव्य राखेकी थिइन् । त्यस्तै प्रस्तोता समाजका उपाध्यक्ष गायक हेमन्त शर्मा, वरिष्ठ गीतकार रत्नशमशेर थापा, प्रमुख अतिथि बैरागी काइँला, साहित्कार टंक सुब्बा, सांगीतिक संघका सचिव सन्तोष श्रेष्ठलगायतले शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा गायिका श्रेयसी चेमजोङ लिम्बूले दुईवटा गीत गाएर सुनाएकी थिइन् भने जलिसक्यो दिल मेरो गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो ।
८ गीत समावेश एल्बममा ‘हिंडु भन्छु छैन बाटो, आँसु झारेँ धेरै धेरै, जलिसक्यो दिल मेरो, पहिलो माया हो हाम्रो, निष्ठुरीले हाँसी हाँसी, तिमी त साहैर बैगुनी रैछौ बोलका गीतहरु समावेश गरिएको छ । एल्बममा लक्ष्मण शेष, महेश खड्का, मनोज चौलागाईं, वसन्त सापकोटा, राजु सिंह, अशोक लोहोरुङ राईको संगीत रहेको छ भने, श्रेयसी चेमजोङ लिम्बू, प्रमोद खरेल, शिव परियार, दिपक लिम्बू, अन्जु पन्त, रीमा गुरुङको स्वर समावेश गरिएको छ । एल्बमलाई जुझारु क्रियशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया