Bisal Chautari Logo

४ घण्टे कार्यक्रममा ऋचाको ३ मिनेट उद्घोषण

- २० माघ २०७०, सोमबार १६:२५ मा प्रकाशित


विशाल चौतारी समाचार–गसिप
एउटा भनाई नै छ, ‘कुनै पनि काम शुरु गर्नुमात्र ठूलो कुरा होइन, त्यसलाई टिकाई राख्नु वा टुंगोमा पुर्‍याउनु सफलता हो ।’ मलेशियामा हालै सम्पन्न नेफ्टा फिल्म अवार्डको कार्यक्रममा अभिनेत्री ऋचा शर्माले यहि कुरालाई चरीतार्थ गरिन् ।
नेफ्टा अवार्ड सञ्चालनको दौरानमा अभिनेत्री ऋचाले नरेश भट्टराई सागै ‘म ऋचा शर्मा आजको एमसी’ भनेर उद्घोष त गरीन तर त्यसलाई निरन्तरता दिनुको सट्टा बिचैमा गायव भईन् । त्यहा उनले न त नौलो कुरा बोलिन न त दर्शकहरुलाई नै आकर्षित गर्न सकिन । बरु उनी आफुसागै रहेका नरेशको बोलि सुन्दैमा मख्ख थिइन् । उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउान सफल ऋचाले कार्यक्रम सञ्चालनको दौरानमै एक जना कलाकारको नाम मात्र बााचन गरिन र कार्यक्रम अवधिभरमा करिब ३ मिनेट मात्र बोलेकी थिइन् । आधा घण्टा पछि भने ऋचा कता गायव भईन पत्तै भएन । अवार्ड पायो भन्दैमा सबै गर्न सकिन्छ भन्ने हुन्छ र नायिका ज्यू ? तर तपाईको आाटलाई भने मन्नु पर्छ ।

प्रतिक्रिया