Bisal Chautari Logo

एक्सन र सस्पेन्सले भरिएको ‘आउटलः दफा २१९’को टिजर सार्वजनिक, सुशिललाई दिए ‘एक्सन स्टार’को ट्याग

- ७ श्रावण २०८१, सोमबार १७:४४ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ श्रावन ७ सोमवार
  असोजको ३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र आउटलः दफा २१९’ अभिनेता सुशिल श्रेष्ठको लागि विशेष बन्ने देखिएको छ । यो चलचित्रको सार्वजनिक टिजरमा सुशिललको एङ्ग्री एक्सन अवतारले यस्तै संकेत गरेको हो ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा अमित अग्रहरि निर्माताको रुपमा छन् । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् । चलचित्रमा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ । यो चलचित्रमा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।

सार्वजनिक टिजरमा चलचित्रको कथावस्तुको सामान्य जानकारी मात्र दिन खोजिएको छ । सम्पादक साहिलले आकर्षक ब्याक ग्राउन्ड म्युजिकका साथमा टिजर तयार पारेका छन् । टिजरमा सुशिलको इन्ट्री गज्जब छ । अन्तिममा उनको एङ्ग्री अवतारले दर्शकको मन जित्ने देखिन्छ ।
चलचित्रको मेकिङ उच्च देखिएको छ । संविधान दिवसको दिन रिलिज हुने यो चलचित्रले उठाएको कथावस्तु दर्शकका लागि पनि विशेष हुने यसको निर्माणपक्षको दाबी छ । चलचित्रको फस्टलुक रिलिज भएसँगै यसको चर्चा पनि चुलिएको छ । 

प्रतिक्रिया