Bisal Chautari Logo

सञ्जोकको ‘सगुन’ विमोचन (फोटो फिचर सहित)

- ७ श्रावण २०७१, बुधबार ०५:०९ मा प्रकाशित


sanjok yonjan lama Aalu ra Tama
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, ७ बुधवार । गायक सञ्जोक योञ्जनले डिभिडि एल्बम ‘सगुन’ विमोचन गराएका छन् । राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरी गत सोमबार अभिनेत्री गौरी मल्ल र टेलिभिजनकर्मी विदुर पाण्डेले एल्बमको सार्वजनिक गरे । एल्बम विमोचन प्रमुख अतिथीहरु गौरी र पाण्डेले गर्दा बिशेष अतिथीहरु वरिष्ठ गायक लाक्पा शेर्पा, अभिनेता रमेश उप्रेती, रमित ढुङ्गाना, विद्यार्थी नेत्री नबिना लामा, डन गणेश लामा लगायतले साथ दिएका थिए ।sanjok yonjan lama Aalu ra Tama (1)
यसअघि ‘सेलो जुहारी’, ‘दिलकी रानी’ र ‘समुन्द्रपारी’ निकाली सकेका सञ्जोकको यो चौथो एल्बम हो । एल्बममा ११ गीत छन् । जसमध्ये ७ गीतको डिभिडि निकालेका हुन् । डिभिडिमा ‘आलु र तामा हजुर’, ‘घर मेरो’, ‘सिरीमा सिरी’, ‘जाऊँ हिड मैच्याङ्’, ‘देउराली’, ‘तामाङसालीङ’ गीत छन् । अडियोमा ‘भमराको बानी’, ‘फुल भन्दा राम्री तिमी’, ‘गाजलु आँखामा’, ‘हाम्रो नेपाल’, ‘तानतुन गर्दै’ गरी म्युजिक र अडियो सहित ११ गीत छन् । एल्बममा सञ्जोकसहित सोमबहादुर तामाङ, जयनन्द लामा, रोज मोक्तान, आशुसेन लामा, चन्द्रकुमार दोङ, रमेशराज भट्टराईले संगीत र शब्द रहेका छन् भने मिन सागरको पनि शब्द रहेको छ ।

[gss ids=”4657,4658,4660,4659,4655,4656,4661″]

प्रतिक्रिया