Bisal Chautari Logo

३० दिनमा सकियो ‘ज्वाइँ साब’को सुटिङ

- ४ श्रावण २०८१, शुक्रबार १६:४९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,
 २०८१ श्रावन ४ शुक्रवार 
एक महिनासम्म चित्लाङ र चितवनमा छायांकन गरेपछि चलचित्र ‘ज्वाइँ साब’को छायांकन सकिएको छ । चलचित्रका निर्देशक बसन्त निरौलाका अनुसार २३ दिन चित्लाङ र ७ दिन चितवनमा खिचेपछि चलचित्रको छायांकन सकिएको हो ।

कलाकार र प्राविधिकहरुको साथका कारण तोकिएकै समयमा चलचित्रको छायांकन सकिएको बसन्तले बताए । उनका अनुसार, यसपटक चलचित्र रमाइलो बनेको छ ।

यो चलचित्रमा कलाकार जीतु नेपाल र नायिका नीति शाह मुख्य भूमिकामा छन् । उनीहरुको अलवा चलचित्रमा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय छ ।

छायांकन सकेसँगै चलचित्रको निर्माण टिम पोष्ट प्रोडक्शनको काममा जुटेको छ । यो चलचित्रमा जीतु नेपाल र नीति शाहको जोडीलाई दर्शकले विशेष रुपमा देख्न सकिन्छ । निर्माणपक्षले यी दुइको गेटअप भने सार्वजनिक गरेको छैन । निर्देशक निरौलाले भने–‘जीतु र नीति शाहलाई दर्शकले विशेष अवतारमा देख्न सक्नुहुनेछ । यसैले, हामीले सुटिङ सेटबाट कुनै पनि लुक्स सार्वजनिक गरेका छैनौं । दर्शक फस्टलुक देखेर सरप्राइज हुनुहुनेछ ।’

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रमा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

प्रतिक्रिया