Bisal Chautari Logo

स्व निर्देशक रेग्मीको अन्तिम सिनेमा,‘मनले मनलाई छुन्छ‘को शिर्ष गीत रिलिज

- २० माघ २०७०, सोमबार १७:०१ मा प्रकाशित


Self final film director simulations, manle manlai chhunchha of the top songs Release

विशल चौतारी समाचार
काठमाडौं, २० माघ ।
स्व. वरिष्ठ निर्देशक शिव रेग्मी निर्देशित अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । अभिनेता विरेन श्रेष्ठ र गरिमा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘मनले मनलाई छुन्छ’ नेपाली नयाँ बर्षको अवसरलाई छोप्दै चैत २८ गते रिलिज हुने भएको छ ।
करिव पचास भन्दा बढी पर्दामा एकसाथ प्रदर्शन हुने बताइएको चलचित्र ‘मनले मनलाई छुन्छ’ मा अभिनेता श्रेष्ठ र सुनिल सिटौलाको संयुक्त लगानी रहेको छ । सार्वजनिक गरिएको चलचित्र ‘मनले मनलाई छुन्छ’ को शिर्ष गीतलाई चितवनको राईनो ताल, ठीमुरा, धुलिखेल लगायतका स्थानमा छायाँकन गरिएको छ । बसन्त सापकोटाको संगीत रहेको यस गीतमा माण्डवी त्रिपाठीले स्वर दिएकी छिन् । शब्द रचना बाबुराम दाहालको रहेको हो । चलचित्र ‘मनले मनलाई छुन्छ’मा कविराज गहतराज र हिमग्याप टासीले नृत्य निर्देशन गरेका छन् ।
डेढ बर्षदेखि प्रर्शनको पर्खाइमा रहेको चलचित्र ‘मनले मनलाई छुन्छ’ त्रिकोणात्मक प्रेमकथाको पारिवारिक फिल्म रहेको चलचित्रका अभिनेता तथा निर्माता विरेनले बताए । मिराकल मिडिया प्रालीको प्रस्तुती रहेको चलचित्रमा विरेन र अभिनेत्री गरिमा पन्तको साथमा सुमन सिंह, मिथीला शर्मा, केशव भट्टराई, सिर्जना बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । स्व.निर्देशक रेग्मी र मौनता श्रेष्ठको पटकथा एवम् संवाद रहेको चलचित्रमा हिमाल केसीको दन्द्ध निर्देशन रहेको छ ।

प्रतिक्रिया