Bisal Chautari Logo

नेपालको मोडलिङलाई व्यावसायिक बनाउन नेक्स्ट मोडल नेपालले प्रतियोगिता गर्ने

- ६ श्रावण २०७१, मंगलवार ०६:४१ मा प्रकाशित


Model of the Year 2014
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, ६ मंगलबार । पछिल्लो समय नेपालमा मोड्लिङको विकाश तिव्र भएपनी व्यावसयिक रुपमा भने अगाडी बढ्न सकेको छैन । यस्तै अवस्थामा मोडलिङ् पेशाप्रति सकारात्मक सोच विकास गर्दै मोडलिङ् पेशालाई व्यावसायिक बनाउने उद्देश्यले ‘मोडल अफ दि इएर २०१४’को आयोजना गरिने भएको छ । हिजो काठमाडौमा एक कार्यक्रमको आयोजना गरी आयोजक नेक्स्ट मोडल्स नेपालले यो प्रतियोगीता हुने बारेमा जनाएको थियो । Model of the Year 2014 (1)
व्यक्तित्व विकास तालिम तथा मोडलिङ् तालिम दिँदै आएको यो संस्थाले यसअघि मिस नर्स नेपालको आयोजना गरेको थियो । व्यावसायिक मोडलिङमा लागेका युवा–युवतीलाई अन्तराष्ट्रिय स्तरको तालिमहरु प्रदान गरि नेपाली पहिचानलाई विश्वबजारमा महत्वपूर्ण भूमिका खेलिरहेको ‘फेसन उद्योग’ सम्म पुर्‍र्याउने र सिप दक्षता वृद्धी गरि आत्म निर्भर बनाउने उद्देश्यले अलग धारको कार्यक्रम ल्याएको आयोजकले जनाएको छ ।

[gss ids=”4648,4651,4650,4649,4647″]

श्रावण १७ गते हुने अडिसनमा ५०० भन्दा बढि मोडलहरुलाई सहभागिता गराउने लक्ष्य रहेको आयोजकको छ । कार्यक्रममा प्रतियोगीताबारे मोड्लिङमा लागीरहेका मोडल तथा मोड्लिङ सम्बन्धीत व्याक्तिहरुको उपस्थित रहेको थियो । अडिसन पछि देशका प्रमूख शहरमा फेसन टुर समेत हुनेछ । सहभागिमध्ये उत्कृष्टलाई म्यूजिक भिडियो, लघु चलचित्र, विज्ञापन तथा स्तरिय फेसन शोहरुमा व्यावसायिक अवसर प्रदान गरिने बताईएको छ । विजेताले रु. एक लाख साथै मोडल एम्बेसडर, व्यक्तिगत वेबसाइट, ल्यापटप, मोबाईल फोन लगाएतका पुरसक्कार प्राप्त गर्नेछन् ।
कार्यक्रममा मोड्लिङ कोरीयोग्राफर रोजिन शाक्य, नृत्य निर्देशक गोविन्द राई, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल लगायत उपस्थित रहेको थिए । अतिथीहरुले कार्यक्रममा क्रमश बोलेका थिए । अन्तिम प्रतिष्पर्धा असोज ४ गते राजधानीमा हुनेछ ।

प्रतिक्रिया