Bisal Chautari Logo

प्रमोद खरेलको ‘रुनुको के अर्थ’मा प्रितिका, बिमल र आर.बी फिर्चड

- २७ असार २०८१, बुधबार १६:०१ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, 
२०८१ आषाढ २६ बुधवार 
 लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रुनुको के अर्थ बोलको गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा रोशन सिंहको संगीत छ भने बिनोद सुन्दासको शब्द रहेको छ । गीतमा रोशन सिंहको संगीत छ भने बिनोद सुन्दासको शब्द रहेको छ ।

गीतमा एरेन्ज बिशाल निरौलाको छ भने मिक्ट मास्टरिङको काम कुमार रानाले गरेका छन् । गीतको भिडियोमा मोडल बिमल अधिकारी, आर.बी पुन र प्रितिका शर्माको मुख्य अभिनय रहेको छ । प्रेम कथाको गीतको भिडियोमा प्रितिकाको प्रेममा बिमल र आर.बी पछि लागेको देखाइएको छ । भिडियोले चोखो मायाको जित भएको सन्देश दिइएको छ । मोडल बिमलले यसअघि पनि झण्डै दर्जन म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनी एकदशक देखी मोडलिङ क्षेत्रमा छन् ।

यस्तै आर.बी भने यो क्षेत्रका लागी नयाँ हुन् । उनले यसै म्युजिक भिडियोबाट डेब्यु गरेका हुन् । रहरको क्षेत्र भएकाले उनले मोडलिङमा हात हालेको बताएका छन् । साथै आगामी दिनमा पनि अन्य भिडियोमा मोडलिङ गर्ने बताउँछन् । साथै मोडल प्रितिकाले पनि यसअघि केहि म्युजिक भिडिओमा काम गरिसकेकी छिन् । भिडियोलाई बिनोद सुन्दासले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले खिचेका हुन् । सम्पादनको काम भने अमृत चापागाईंले गरेका छन् । सुन्दास फिल्मस्बाट सार्वजनिक अडियो भिडियोलाई बिमल अधिकारी अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया