Bisal Chautari Logo

मिस पूर्वाञ्चल सुन्दरीलाई ट्राफिकको ज्ञान

- २२ माघ २०७०, बुधबार ०३:२० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २२ माघ ।
‘मिस पूर्वाञ्चल’मा सहभागी सुन्दरीहरुले ट्राफिक सचेतनाका बिषयमा प्रशिक्षण लिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक नविनकुमार अधिकारीले १६ पूर्वेली यूवतीहरुलाई ट्राफिक नियम पालानाका बिषयमा जानकारी गराउँदै आफुपनि बाँच्न र अरुको ज्यानपनि बचाउन सकिने बताए ।
उनले विभिन्न दुर्घटनाका तस्वीर र भिडियो देखाउँदै हतारमा सवारी चलाउने र लापरबाही गर्नेले चाँडो ज्यान गुमाउने र अरुलाई पनि मार्ने भन्दै सचेत बनेर सवारी चलाउन मिस पूर्वाञ्चलका सुन्दरीहरुलाई अधिकारीले सुझाव दिए । ‘मिस पुर्वाञ्चल’को प्रशिक्षणमा र्‍यामवाक, सौन्दर्य, फेसन, इतिहास, पर्यटन, लगायतका विभिन्न विषयमा विभिन्न क्षेत्रमा विज्ञहरुबाट दिने कार्यक्रमपनि रहेको छ । सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको मिस पूर्वाञ्चलका अन्य कार्यक्रमलाई पूर्वाञ्चल ब्यापी बनाउन पूर्वका विभिन्न स्थानहरुमा कार्यक्रम अयोजना गरिनेछ । ‘मिस पुर्वाञ्चल’ विजेतालाई स्कुटीसँगै कलेजमा छात्रवृत्तिको व्यवस्था गरिएको कार्यक्रम संयोजक सौरभ श्रेष्ठले बताए । यस्तै फस्ट र सेकेण्ड रनरअप लगायत अन्य टाइटल विजेतालाई नगद पुरस्कारसँगै अन्य विभिन्न पुरस्कारहरुको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया