Bisal Chautari Logo

चलचित्र ‘सानो संसार’को निर्माण घोषणा सँगै शुभमुहूर्त

- ११ जेष्ठ २०८१, शुक्रबार १७:५६ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ जेष्ठ ११ शुक्रवार ।
अर्जुन कुमारको लगानीमा पुनः सानो संसार नाममा चलचित्र निर्माण हुने भएको छ । शुक्रबार कमलादी गणेश मन्दीरमा शुभमुहूर्त गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । चलचित्रकी मुख्य कलाकार सीतादेवी तिमल्सिनाले मुहूर्त सट दिएकी हुन् ।

चलचित्रका प्रोडक्सन म्यानेजर शंकर पाण्डेले क्ल्याप र निर्माता अर्जुन कुमारले नरिवल फोडेका थिए । चलचित्रमा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहने छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । आगामी जेठबाट फ्लोरमा जाने चलचित्रको छायांकन काठमाडौं, धादिङ र नुवाकोटमा गरिनेछ ।

अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्राली प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको छायांकन सेड्युल ३० दिनको राखिएको निर्माता अर्जुन कुमारले बताए । चलचित्रमा सम्पुर्ण नयाँ कलाकारलाई लिएर आफुे काम गरेको र एक पटक सवै नयाँ नै हुने भएकाले आफुले प्रोहत्सान गरेको उनले बताए । १६ वर्ष अगाडी यही नाममा स्वर्गिय आलोक नेम्वाङले निर्माण गरेको चलचित्रसँग कुनैपनि सम्बन्ध नरहेको बताए ।

यो एकदमै फ्रेस स्टोरी हो । निर्देशक सिद्धार्थ पुडासैनीको कथा मन परेकाले आफ्ले यो चलचित्र निर्माण गरेको हुँ । नेपाली चलचित्रलाई अगाडी बढाउन एउटै निर्देशक र निर्माताले मात्रै नसक्ने भन्दै नयाँ मान्छे र नयाँ कन्सेप्ट आउन जरुरी रहेको निर्माण अर्जुन कुमारको भनाई छ । साथै आफुलाई अहिलेका चलेका कलाकारले टाइम नदिएकाले यसअघि घोषणा गरेका प्रोजेक्टलाई पछाडी धकेल्दै आफुले सानो संसार निर्माण गर्न लागेको उनको दाबी छ ।

सिद्धार्थले यही चलचित्रबाट लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई चलचित्रको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् । शुभमुहूर्तसँगै चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो चलचित्र आगामी दशैंको घटस्थापना अर्थात असोज १७ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।

प्रतिक्रिया