Bisal Chautari Logo

हवल्दार सुन्तलीको कामले निर्मातादेखी निर्देशक सम्म सन्तुष्ट

- १ श्रावण २०७१, बिहीबार ११:२९ मा प्रकाशित


Shilpa Pokharel – Hawaldar Suntali with sabin shrestha
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १ बिहीबार । एउटा चलचित्र रिलिज हुन नपाई अर्को चलचित्रमा अभिनेत्री शिल्पा पोखरलेलाई किन दोहोराएको भन्ने प्रश्नले अहिले निर्माता छवि ओझालाई हैरानी पारेको थियो । तर समयहरु यसरी अघी बढेका छन्, कि स्वयम शिल्पालाई खेलाउन त्यतिShilpa Pokharel - Hawaldar Suntali with sabin shrestha (1) चाहा नदेखाएका निर्देशक ऋषि लामिछाने पनि शिल्पाको प्रशंशा गर्न पछि परेनन् ।
यस्तो राम्रो अभिनय गर्दि रहिछन् हामी सवै खुशी छौ उनको कामबाट । सुटिङ सकिए लगत्तै निर्देशक लामिछानेको प्रतिक्रिया छ । लामिछानेले प्रिप्रोडक्सनको समयमा रेखा थापालाई फिल्मको हिरोइन बनाउन लविग गरेका थिए तर रेखा र छवि बीचको वारले गर्दा लामिछानेले रेखालाई चाहेर पनि हवल्दार सुन्तलीमा खेलाउन सकेनन् । Shilpa Pokharel - Hawaldar Suntali with sabin shrestha (2)
हेटौडा सहित काठमाण्डूका विभिन्न स्थान गरेर ४१ दिनमा हवल्दार सुन्तलीको सुटिङ प्याकअप भएको हो । शिल्पा सहित किशोर खतिवडा र सविन श्रेष्ठ फिल्मका मुख्य हिरो हुन ।
सत्य घटना सुन्तली धामी माथि घटेको केही अंशलाई यो फिल्मको मुल कथा बनाईएको छ । निर्माता छवि ओझाका अनुसार कात्तिक ७ गते शिल्पा अभिनित पहिलो फिल्म लज्जा रिलिज हुने छ भने चैत्र २७लाई हवल्दार सुन्तली रिलिज हुने मिति तोकिएको छ । यस चलचित्रका छायाकार मदन काष्यप घिमिरे हुन् भने नृत्य निर्देशक कविराज गहतराज हुन् । चलचित्रको संगीत दीपक शर्माले गरेका छन्, भने द्धन्द्ध चन्द पन्तको रहेको छ ।

प्रतिक्रिया