Bisal Chautari Logo

रिहान्ना र शाकिराको बेड सिन (भिडीयो)

- २२ माघ २०७०, बुधबार ०५:०० मा प्रकाशित


लस एञ्जल्स : हलिउड संगीतका चर्चित गायिकाद्धय रिहान्ना र शाकिरा एउटै गितको म्युजिक भिडियोमा एकसाथ देखिने भएका छन् । केही समय अगाडी गरिएको ‘फरगेट यु’ बोलको गीतको म्युजिक भिडियो सुटिङमा यि दुइ चर्चित गायिकाद्धयले बेड सिन समेत दिएका छन् ।
गीत रिलिज हुन भन्दा अगाडी देखिकै चर्चामा रहेको यो गीतले गायिका रिहान्नाका दर्शक र शाकिराका दर्शकहरुलाई एकसाथ जुटाउनेपनि समिक्षा गरिएको छ । नजिकका सथी समेत रहेका यि दुइ गायकिहरु एक अर्काको तारिफ गर्न निकै रुचाउछन् । यो गीतको सुटिङको क्रममा गायिका रिहान्नाले गायिका साकिरा छुट्टै प्रतिभा भएको गायिकाको रुपमा प्रसंसा गरेकी थिइन् । गायिका साकिराको पछिल्लो एल्वम ‘साकिरा’ समावेश गरीने यो गीत मार्च २५ मा रिलिज हुने भएको छ । –एजेन्सी

add

प्रतिक्रिया