Bisal Chautari Logo

चलचित्र ‘खजुरे ब्रो’को काठमाडौं प्रिमियर

- २६ बैशाख २०८१, बुधबार १९:२६ मा प्रकाशित


काठमाडौं । सुरज सुनुवार निर्देशित चलचित्र ‘खजुरे ब्रो’को काठमाडौं प्रिमियर गरिएको छ । मंगलबार साँझ क्यूएफएक्सको सिभिल मलमा आयोजित समारोहमा चलचित्रको ‘कास्ट एण्ड क्रू’ सहभागी रहे । चलचित्रले मित्रता र पैसाले श्रीमान–श्रीमतीको सम्बन्धमा ल्याउने उतारचढावको कथा भन्छ । धरानका वास्तविक पात्र खजुरे ब्रोको जीवनबाट प्रभावित रहेर बनेको यो चलचित्रलाई बुधबार धरानमा समेत प्रिमियर गर्ने तयारी छ ।

चलचित्रले सहकारी संकटको कथावस्तु पनि उठाउन खोजेको छ । चलचित्रमा महेश त्रिपाठी, रेअर राई, नवीन मानन्धर, नीति शाह, पुष्कर कार्की, विनिता थापा लगायतको अभिनय छ । ‘षडङ्ग’पछि निर्देशक सुनुवारको यो दोस्रो निर्देशकीय चलचित्र हो । काठमाडौंसँगै दार्जिलिङ, धरान र इटहरीमा चलचित्रको छायांकन गरिएको छ ।
दिव्यदृश्य इन्टरटेनमेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो । नवीन मानन्धर र सुरज सुनुवार निर्माता हुन् । यो चलचित्र वैशाख २८ देखि प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया