Bisal Chautari Logo

अष्ट्रेलियाको लागी ‘मोक्ष’ ११ लाखमा बिक्री

- २२ माघ २०७०, बुधबार ०८:११ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २२ माघ । 
आउदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘मोक्ष’लाई अष्ट्रेलियाका लागी सोलाङचरले ११ लाखमा किनेको छ ।
चलचित्रको प्रर्दशन अगाबै ओभरसिजबाट नै राम्रो कमाई गरिरहेको चलचित्र ‘मोक्ष’ का निर्देशक प्रविण श्रेष्ठले ८ लाखमा अष्ट्रेलिया राइट्सको मौखिक कुरा मात्र गरेका थिए । तर चलचित्र ११ लाखमा बिक्री भएपछी चलचित्र वितरक तथा यस चलचित्रका निर्माता सुनिल मानन्धरले खुशी हुँदै यही रकममा सहमती गरेको बताए । निर्देशक प्रविण श्रेष्ठकै जीवनीमा तयार भएको चलचित्र ‘मोक्ष’ले यतिबेला प्रशंसक र समिक्षकहरुको ताली मात्र पाइरहेको छैन, त्यो संगै चलचित्रको लगानिपनि प्रर्दशन अगाबै सुरक्षित गरिरहेको छ । पप गायक समेत रहेको कोशिश क्षेत्री, बेनिशा हमाल, मुख्य भूमिका रहेको चलचित्रमा निर्देशकको मात्र होइन, गीतसंगीत, कथावस्तु, प्रस्तुती र सम्पादन र अन्य कलाकारहरुको पनि चर्चा चुलिएको छ ।

add

प्रतिक्रिया