Bisal Chautari Logo

नीर शाह भन्छन्–३० को दशकदेखि निरन्तर तान्दै आएको चुरोट छाडे

- ३० असार २०७१, सोमबार १६:०४ मा प्रकाशित


Neer Shah smoking

एक महिना सम्म घर बाहिर हिड्न नपाउने 

निर शाह (वरिष्ठ अभिनेता तथा निर्देशक)
उपचारमा डक्टर अरुण मास्केको टोलीले सफलता पाएपछि नीर शाहले आफ्नो पुर्नजन्म भएको बताएका थिए । पुर्नजन्म संगै उनले ध्रुम्रपानलाई आउदो दिनमा कहिले नछुने प्रण समेत गरेका छन् ।Neer Shah smoking
यो समय विन नुनको खानाका साथ नीर शाहले स्वास्थ्य लाभ गरिरहेका छन् । केही दिन अघि अस्पतालबाट डिस्चार्ज भएका शाहले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण शुभ चिन्तकहरुलाई यहि खबर मार्फत हृदय देखिनै धन्यावाद दिएका छन् ।
कलाकारसंघका अध्यछ नवल खड्का र पूर्व अध्यछ कृष्ण मल्लका साथ हामी पनि शाहको निवास बाासबारी पुग्दा उनी निकै हर्षित मुदामा थिए । हस्पिटल पुग्न पच्चिस मिनेट मात्र ढिला भएको भए म मर्ने थिए । शाहले आफ्नो हार्ट अट्याक स्टोरी भनेका छन् ।Neer Shah smoking1
शनिबार तेश्रो पटक हार्ट अट्याक भएपछि मात्र आफू अस्पताल जान बाध्य भएका उनले शाहको भनाई छ । शाहले भनेका छन् बिहिबार बेलुकीनै मालाई एक पटक हार्ट अट्याक भयो त्यस पछि रामदेवको योगा गरेर केही निको पारे र शुक्रबार पनि मलाई फेरी अट्याक भएको रहेछ त्यो दिन पनि मैले अरुनै उपाय अपनाएर हेलचेक्राई गरे तर शनिबार बिहान ११ बजे पछि चाहि छातिमा फलाम छिरे जस्तो भयो मलाई सम्हालेरे मुल ढोका सम्म लैजान निकै हम्मे पर्यो उषा (श्रीमती) लाई त्यस पछि अचानक गोविन्द तिमिल्सना (शाहका सहयोगी) त्यहि बेला आएको रहेछ र उसले ट्याक्सी लिएर आयो ।
सायद शनिबार भएकाले बाटो खुल्ला हुादा म बेलैमा हस्पिटल पुगे, पुग्ने वित्तिकै ह्वील चियरमा बस्दा बस्दै मैले आफैले अक्सिन मार्कस मागे त्यस पछि म बेहोस भए र मलाई केही थाहा छैन अनि तीन दिन पछि मात्र म होसमा आएछु । शाहको भनाई छ ।
अहिले सााझ पख यहि कम्पाउन्डमा हावा खान निस्कन्छु त्यो बाहेक १ महिना पूर्ण रेष्ट भनेका छन् मलाई । ३० को दशक देखि चुरोट पिउने बानी परेका शाहले सेतो बाघ निर्माण ताका सवै भन्दा चुरोट सेवन गरेका रहेछन् । तीन वटा फिल्म बनाईसक्ने समय यो सेतो बाघमा गयो सायद त्यहि भएर पनि यो पटक मैले धेरैनै पिए चुरोट । जुन मेरा लागि बिष बन्यो । शाहले चुरोट सेवन नगर्न पूर्ण आग्रह गरेका छन्, भने मुटुमा कतैबाट सानो चस्को मात्र पर्दा पनि अस्पताल गएर जाच्नु पर्ने सुझाव पनि दिएका छन् । हार्ट अट्याक शत्रुलाई पनि नहोस यसको पिढा भोग्न निकै कठिन हुादो रहेछ भन्दै उनले प्रार्थना समेत गरेका छन् ।
६० बर्ष उमेर पुगिसकेका शाहलाई डक्टरले नुन विनाको लन्च र डिनर मात्र गर्न दिएको छ । अरु ब्रेकफष्ट त बरु खाईरहेको छु तर लन्च र डिनर चाहि हेर्न मन लाग्दैन । नुन विनाको स्वाद के होला र ? साझ पख आफ्नै घरको बैगैचामा घुम्ने शाहलाई रेगुलर चेकअपका लागि हस्पिटल जान बाहेक अन्त कहि जान नपाईने गरी डक्टरले एक महिने होम रेष्ट तोकेका छन् ।
प्रस्तुती : अपुन भट्टराई  

प्रतिक्रिया