Bisal Chautari Logo

खोटाङमा आफ्नै कार्यकर्ता कुटपिटमा संलग्न सभापति विष्णुकुमारलाई लुङ्गी उपहार

- ३० असार २०७१, सोमबार १०:५६ मा प्रकाशित


bishnu kumar rai news
भिम राई
खोटाङ, २०७१ असार ३० सोमबार । खोटाङको महिला सशक्तिकरण समूह लफ्याङले कांग्रेस गाउ कार्यसमितिका सभापति लोकेन्द्र राईमाथि कुटपिटमा संलग्न भएको आरोप लगाउादै कांग्रेस जिल्ला सभापतिलाई प्रमुख जिल्ला अधिकारीमार्फत लुङ्गी उपहार पठाएको छ । जिल्ला सभापति विष्णुकुमार राईको संलग्नतामा लोकेन्द्रमाथि निर्घात कुटपिट भएको उनिहरुको आरोप छ । राजनितिक आडमा प्रहरी प्रशासनले दोषीलाई कारबाही नगरेको भन्दै तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटामार्फत समूहले लुङ्गी उपहार पठाएको हो । bishnu kumar rai
गत २१ गते कांग्रेस खोटाङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनका क्रममा आफ्नो पक्षका उम्मेदवारलाई असहयोग गरेको आरोप लगाउादै लोकेन्द्रमाथि निर्घात कुटपिट गरेको उनको परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । सभापति राईकै संलग्नतामा पूर्व जिल्ला सदस्य रमेश खड्का, तरुण दलका जिल्ला उपाध्यक्ष भलकाजी गुरुङ र कांग्रेस कार्यकर्ता सुमन गुरुङ लगायतले लोकेन्द्रमाथि निर्घात कुटपिट गरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाही गर्न प्रहरीमा सार्वजनिक मुद्दा दिएको थियो । मदिरा पिएर भएको सामन्य झगडा भन्दै मुद्दा दर्ता गर्न प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले अस्वीकार गरेपछि तत्काल कारबाही गर्न चेतावनी स्वरुप प्रमुख जिल्ला अधिकारीमार्फत सभापति राईलाई लुङ्गी उपहार पठाइएको महिला समूहका अध्यक्ष संगीता राईले जानकारी दिएकी छन् । राईले भनिन् ,–‘सभापति राईको दवावमा परेर प्रहरी प्रशासनले दोषीलाई कारबाहीको दायरामा नल्याइएकाले तत्काल कारबाही गर्न आग्रह गर्दै लुङ्गी उपहार पठाएका हौं ।’
समूहले अब पनि प्रहरी प्रशासनले दोषीलाई कारबाही नगरे आफूहरु सभापति राईलाईनै सामाजिक कारबाही गर्ने समेत चेतावनी दिएको छ । सदरमुकाम दिक्तेलस्थित ब्लोसम होटलमा पत्रकार सम्मेलनको आयोजना गरी सभापति राईकै संलग्नतामा लोकेन्द्रमाथि निर्घात कुटपिट भएको दावी गर्दै प्रहरी प्रशासनले कारबाही नगरे आफैले सामाजिक कारबाही गर्ने चेतावनी दिएको हो ।
घटनाको प्रकृति हेर्दा सार्वजनिक अपराध नठहर्ने भएकाले मुद्दा दर्ता नगरिएको प्रहरी नायव उपरीक्षक साहले बताएका छन् । साहले भने,–‘जााड खाएर झगडा गर्ने अनि, सार्वजनिक मुद्दा दर्ता गर्न खोज्ने ? चित्त नबुझे अन्य ठाउा जाने बाटो खुला छ ।’
जिल्ला सभापति राईले भने, आफ्नो व्यक्तिगत चरित्र हत्या गर्न विपक्षीहरुले विभिन्न षडयन्त्र गरीरहेको बताएका छन् । राई थप्छन,–‘आफै मादक पदार्थ सेवन गरेर हिड्ने, अनि अरुको चरित्रमाथि धावा बोल्ने ? यो कहाासम्मको धर्म हो, उहाा आफैले सोच्ने कुरा हो ।’ एक प्रेस विज्ञप्ती जारी गर्दै राईले–‘आफू घटनाका दोषी ठहरे राजनीतिबाट राजीनामा दिएर कानूनी कारबाहीको दायरामा जान तयार छु ।’ भनेका छन् । विज्ञप्तीमा सञ्चार माध्यमहरुबाट आएको समाचारप्रति पनि आपत्ती जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, घटनाका बारेमा दुवै पक्ष बसाएर छलफल गरेर समाधान खोजीने जनाएका छन् । राजनीतिक द्धन्द्धमा अन्य समूहको समेत चलखेल भएकाले थप आउन सक्ने दुर्घटनाबाट बचाउन सोमबार दुवै पक्षको छलफल बोलाइएको पनि प्रजिअ सापकोटाले जनाए ।
पीडित परिवारले भने, दोषीलाई कारबाहीको दायरामा नल्याए जस्तो सुकै आन्दोलन गर्न पनि पछि नहट्ने अडान लिएका छन् । उनीहरु भन्छन्,–‘राजनीतिक दवावमा परेर प्रहरी प्रशासन समेत सभापतिकै पक्षमा लागेका छन् । दोषीलाई कार्यबाही गर्न हिच्किचाय हामी शशक्त आन्दोलन गर्न बाध्य हुने छौ ।’

प्रतिक्रिया