Bisal Chautari Logo

‘नोभेम्बर रेन’को फष्टलुक सार्वजनिक

- २२ माघ २०७०, बुधबार १५:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २२ माघ ।
चैत्र १४ बाट रिलिजमा आउन लागेको चलचित्र ‘नोभेम्बर रेन’ को फष्टलुक सार्वजनिक भएको छ । अभिनेता आर्यन सिग्देलले पहिलो बनाएको चलचित्र भएकालेपनि यो चलचित्रको पर्खाइ राम्रै रहेको छ ।
सुवास इन्टरटेन्मेन्टका लागि निर्माता सुवास गिरीले अभिनेता आर्यनसँग मिलेर यो चलचित्रलाई निर्माण गरेका हुन् । चलचित्र ‘नोभेम्बर रेन’ले आर्यन र नम्रताको प्रेमको कथालाई बोकेको छ । यस चलचित्रलाई पनि यस नेपाली चलचित्र वर्षको आसा बोकेको सिनेमाको रुपमा लिइएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा अभिनेता आर्यनसंगै पप गायक धिरज राइकी श्रीमती छुल्ठिम गुरुङ र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको संपादन रहेको छ ।

प्रतिक्रिया