Bisal Chautari Logo

अशोक कुमार भन्छन्–पहिला रहरले आए, अहिले संगीत नै जिवन बन्यो

- ३० असार २०७१, सोमबार १०:२५ मा प्रकाशित


Ashok Kumar Pyasi

‘माया र पिरती’ र ‘रातो भाले’को म्युजिक भिडियो रिलिज

विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार २०, सोमबार । गायक अशोक कुमार प्यासी मोफसलबाट खारिएका स्वरका धनी हुन् । जस्ले लामो समयसम्म मोफसलमै बसेर धेरै नेपाली संगीतमा योगदान गरिसकेका छन् । त्यहि योगदान स्वरुप हुन सक्छ गायक प्यासी काठमाडौमै रहेर आफ्नो चौथो एल्बम निकाल्न समेत भ्याइसकेका छन् ।Ashok Kumar Pyasi (1)
ओखल्ढुङ्गामा जन्मिएर उदयपुर कटारीमा हुर्केका गायक अशोक कुमार प्यासीले मोफसलमै रहदा विभिन्न साङ्गीतिक कार्यक्रमहरु आयोजना गर्ने तथा गाउने काम गर्थे । बाल्यकालका दिनहरुमा फुटबल र चित्रकलामा निकै दख्खल राख्ने गायक प्यासी नेपाली साङ्गीतिक क्षेत्रमा आउने सोच नभएको बताउछन् । भन्छन्–‘तर विस्तारै उमेर बढ्दै गएपछी रहरै रहरमा नेपाली संगीत क्षेत्रमा आउन पुगेछु । मलाई त यो क्षेत्रमा आउछु भन्ने कुनै सोच नै थिएन । तर अहिले मेरोलागी संगीत जिवन नै बन्न पुगेको छ’, गायक प्यासीले बताए ।
नेपाली साङ्गीतिक क्षेत्रमा औपचारीक रुपमा २०६७ सालमा प्रवेश गरेका थिए । गायक अशोक कुमार प्यासीले मोफसलमै बसेर पुर्वेली र पश्चिमेली गरी दुई एल्बम ल्याएका थिए । ०६७ र ६८ मा यी दुई एल्बमहरु क्रमश रुपमा बजारमा आएका थिए । मोफसलमै बसेर निकालेकै एल्बमबाट चर्चा बटुलेका गायक प्यासी नेपाली साङ्गीतिक क्षेत्रमै केही योगदान गर्ने उद्देश्यले काठमाडौमा भित्रिएको बताउछन् । काठमाडौमा आएर गायक प्यासीले ०६९–७० मा म्युजिक भिडियो कलेक्सन एल्बम सार्वजनिक गरेका थिए ।

[gss ids=”4521,4520,4518,4519,4517″]

सार्वजनिक भएको गीतहरुलाई दर्शकहरुले मनपराउदै गएपछी गायक प्यासीले आफ्ना साङ्गीतिक फ्यानहरुलाई लक्षित गर्दै पुन: नयाँ चौथो एल्बम ‘माफी’ ल्याएका छन् । यो एल्बमका गतिहरु अहिले सामाजिक सञ्जालहरुमा हिट भइरहेको गायक प्यासी बताउछन् । चौथो एल्बमका दुई म्युजिक भिडियो मध्ये ‘माया र पिरती’ र ‘रातो भाले’ म्युजिक भिडियो भने केही दिन अगाडी रिलिज गरिएको छ । एल्बममै समावेश अर्को गीत भने केही दिन अगाडी मात्र रिलिज गरिएको छ ।
गायक अशोक कुमार प्यासीले एल्बमहरु ल्याउन भन्दा अगाडी संगीतको अध्ययनपनि गरेको बताउछन् । एक वर्ष सम्म आस्था कला केन्द्रमा संगीतको शिक्षा लिइसकेपछी मात्र एल्बम तिर लागेको गायक प्यासी बताउछन् । गायक प्यासीको बुभाईमा संगीत भनेको हरेक व्याक्तिलाई आवश्यक पर्ने औषधी भएको बताउछन् । भन्छन्–‘मेरो जिवन नै संगीत भएकोले म संगीतको पुजारी हु’, गायक प्यासीले बताए । नेपाली संगीत क्षेत्रमा टिकिरहन गाह्रो भएपनी आफु संगीतको माध्ययमबाट समाज र राष्ट्रलाई योगदान दिदै परिवर्तनको बटोमा लागेको गायक अशोक कुमार प्यासीले बताए ।
आफ्नो एल्बम ‘माफी’ रिलिज भएपछी विभिन्न कार्यक्रमहरुमा व्यास्त भइरहेको बताउदै गायक प्यासीले भने–‘मेरा दर्शक श्रोताहरुले एल्बमका गीतहरु मनपराइदिएर मलाई अमुल्य साथ दिनु भएको छ । दर्शकहरुकै माग अनुसार मलाई विभिन्न देश तथा काठमाडौ र काठमाडौ बाहिर हुने कार्यक्रममा माग भइरहेको छ’, गायक प्यासीले आफ्ना दर्शकहरुलाई सम्बोधन गर्दै बताए ।
विशाल चौतारी डटकमसंगको कुराकानीमा गायक अशोक कुमार प्यासीले अन्तमा आफ्ना फ्यानहरुलाई सम्बोधन गर्दै यसैगरी माया र साथ दिइरहन आग्रह गरे । आफ्नो सार्वजनिक भएको गीतहरु युटुब, टेलिभिजन, रेडियो तथा अनलाईन मिडियामा सुनेर कमेन्ट गरिदिन आग्रह गरे ।

प्रतिक्रिया