Bisal Chautari Logo

सन्डे मर्निङ गायकको ‘डान्सिङ अल द नाइट’ ८ दिनमा १ लाख ५० हजार बढीले हेरे

- २८ असार २०७१, शनिबार २०:३० मा प्रकाशित


bhim niroula new song Dancing All the nights
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार २९, आइतबार । ‘सन्डे मर्निङ लभ यु’ गीत मार्फत रातारात चर्चामा आएका चर्चित गायक भिम निरौलाको नयाँ गति ‘डान्सिङ अल द नाइट’ १ लाख ५० हजार भन्दा बढीले हेरेका छन् । गत जुलाई ६ तारिकको दिन रिलिज गरिएको म्युजिक भिडियोलाई आज जुलाई १३ तारिकको दिन सम्म युटुवमा हेर्नेको संख्या १५०,२९४ रहेको छ । bhim niroula new song Dancing All the nights (1)
सार्वजनिक गरिएको म्युजिक भिडियोमा गायक भिम निरौलाको साथमा विदेशी मोडलहरुले मोड्लिङ गरेका छन् । ‘डान्सिङ अल द नाइट’ म्युजिक भिडियोमा सेफि गुडिङ, हिटर रोल्फा, नेपाली मोडल रोजिना कार्की र स्वयमले खुबै मस्ति गरेका छन् । भिडियो सार्वजनिक भएको दिनमै करिब ३५ हजार भन्दा बढी दर्शकहरुले यो म्युजिक भिडियोलाई हेरीसकेका थिए । bhim niroula new song Dancing All the nights (2)
२०१३ अक्टुबर १२ तारिकको दिन रिलिज भएको गायक भिम निरौलाको चर्चित गीतलाई अहिले सम्म १७ लाख ८० हजार ९ सय भन्दा बढीले हेरीसकेका छन् । गायक निरौला विभिन्न साङ्गीतिक कार्यक्रमहरुमै ब्यास्त रहेका छन् ।

नयाँ गीतलाई हेर्नको लागी यहाँ क्लिक गर्नुहोला  । पुरानो गीतको लागी  यहा क्लिक गर्नुहोस् । 

प्रतिक्रिया