Bisal Chautari Logo

शिक्षामा सघाउँन राजेशपायलले हङकङमा गाउने

- २८ असार २०७१, शनिबार ०५:२४ मा प्रकाशित


मेरोडि नाइटमा गायक राजेशपायल राई सहित सुरेशकुमार क्षेत्री, अविनाश घिसिङ र भरत सिटौलाले पनि गाउने छन्  

melody night rajesh payal rai, abinash ghising and bharat sitaula
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार २७, शुक्रबार । नेपालमा रहेका गरिब बालबालिकालाई शिक्षा प्रदान गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले हङकङमा आगामी भदौ १ गते ‘मेलोडी नाइट’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ । गरिब बालबालिकाहरुलाई विभिन्न कार्यक्रम गरी शैक्षिक सहयोगमा टेवा पुर्‍याउन स्थापना गरिएको ह्युमन नेचर फाउण्डेसन नेपाल, हङकङले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।melody night rajesh payal rai, abinash ghising and bharat sitaula
संस्थाका संस्थापक सदस्य गणेश न्यौपानेले कार्यक्रममा नेपाली सुगम संगीत तथा पाश्र्व गायनका नम्बर एक गायक राजेशपायल राई, गायनकहरु सुरेशकुमार क्षेत्री, अविनाश घिसिङ र भरत सिटौलाको सांगीतिक प्रस्तुति जानकारी दिए । ‘आम दर्शकलाई मनोरञ्जनसगै कार्यक्रमबाट प्राप्त रकमले सामाजिक काम गर्ने सोच हाम्रो रहेको छ,’न्यौपानेले भने,‘कार्यक्रममा उठेको सबै रकम हामी संस्थामार्फत नेपालका गरिब बालबालिकाहरुको शिक्षामा प्रयोग गर्नेछौं ।’ उनका अनुसार कार्यक्रम हेनरी जी लिओङ याउ मा तेईको सामुदायिक हलमा हुनेछ । संस्थाको नेपालमा पनि शाखा रहेको छ ।

प्रतिक्रिया