Bisal Chautari Logo

सोहित र निताले ठुम्का लगाउँदा ‘भूल भुलैया’ रोचक

- २७ असार २०७१, शुक्रबार १५:२७ मा प्रकाशित


Neeta Dhungana and Sohit Manandhar Nepali Movie Bhul Bhuliya
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार २७, शुक्रबार । अभिनेता सोहित मानन्धर र अभिनेत्री नीता ढुंगानाको ठुम्का हेर्न लायक थियो । अभिनेत्री नीता छोटो स्कर्टमा ठुम्का लगाउन सुरु गर्दा अभिनेता सोहितपनि साथ दिन पुगेका थिए । यी दुई जोडीको ठुम्का कुनै सुटिङ रिपोर्टको होइन । Neeta Dhungana and Sohit Manandhar Nepali Movie Bhul Bhuliya
प्रसंग हो चलचत्रि ‘भूल भुलैया’को पत्रकार सम्मेलनको । आज काठमाडौमा आयोजित एक औपचारीक कार्यक्रमको बिच गरिएको पत्रकार सम्मेलनमा सोहित र निताले सिनेमाको एक गीतमा नृत्य गरेका हुन् । चलचित्र ‘भूल भुलैया’मा डीजिटल प्रविधिको उच्चतम प्रयोग गरिने भनिएको छ । निर्देशक योगेश घिमिरेले कार्यक्रममा बोल्दै भने,–‘नेपाली चलचित्रमा छायांकन र देखाउन मात्र डीजिटलको प्रंयोग भयो । तर ‘भूल भुलैया’ले केही एनिमेशनका दृश्यलाई आकर्षक तबरले देखाउनेछ’, घिमिरेले बताए । त्यस्तै कार्यक्रममा बोल्दै अभिनेत्री नीताले चलचित्रमा आफ्नो भूमिका विशेष रहेको बताइन् । उनले ‘भूल भुलैया’ आफ्नो जीवनकै विशेष चलचित्र हुने जानकारी दिइन् । Neeta Dhungana
प्रेमात्मक यो चलचित्रमा दिनेश कुमार पोखरेलको प्रस्तुती, सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहाल निर्माता छन् । निरज ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा शिवम् अधिकारीको लेखन, बनिष शाहको सम्पादन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, राजेन्द्र थापा र स्वप्निल बरालको गीत, बसन्त सापकोटाको संगीत छ । चलचित्रका ३ गीतमा प्रल्हाद तिमिल्सिना, दुर्गा परियार र निर्जला पराजुलीको स्वर रहेको छ । चलचित्र विकास आचार्यको सल्लाहामा तयार हुने कार्यक्रममा बताइएको थियो । चलचित्रको छायांकन साउन १६ गतेबाट सुरु गरिने बताइएको छ ।Neeta Dhungana and Sohit Manandhar Nepali Movie Bhul Bhuliya1

प्रतिक्रिया