Bisal Chautari Logo

सुनिताको ‘झम्के फुलीमा’ दिलिपको आखा परेपछी

- २७ असार २०७१, शुक्रबार ०५:४४ मा प्रकाशित


sunita dulal-jhamke Phooli with dilip rayamajhi
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार २७, शुक्रबार । चर्चित लोक गीत ‘झम्के फुली नाकैमा बुलाकी’ नयाँ भर्सनमा आउँने भएको छ । यो चर्चित गीतलाई पछिल्लो समयका ब्यास्त अनी चर्चित लोक दोहोरी गायिका सुनिता दुलालले बजारमा ल्याउने भएका हुन् ।sunita dulal-jhamke Phooli with dilip rayamajhi (1)
बजारमा आउन लागेको यस गीतको केही दिन अगाडी म्युजिक भिडियो सुटिङ गरिएको छ । म्युजिक भिडियोमा गायिका सुनिता र अभिनेता दिलिप रायामाझिको ठुम्का देख्न सकिन्छ । अभिनेता दिलिप सुनिताको झम्के फुलीमा बारम्बार आखा लगाइरहन्छन् ।

[gss ids=”4473,4472,4471,4470,4469,4468,4467″]

बजारमा छिट्टै आउन लागेको नयाँ एल्बममा सुरेश खड्काको शब्द, ध्रुवराज खड्काको लय, सुनिता दुलाल, ध्रुवराज खड्का र घमेश दुलालको स्वर हुनेछ । यो एल्बम गायिका सुनिताको आफ्नै कम्पनी कमला देवी डिजिटलले बजारमा ल्याउदैछ । यस म्युजिक भिडियोको डाइरेक्सन गोविन्द राईले गरेका छन्, भने सिभराम श्रेष्ठले खिचेका हुन् । म्युजिक भिडियोमा अभिनेता दिलिप रायामाझि र सुनिता दुलालले मोड्लिङ गरेका छन् ।

प्रतिक्रिया