Bisal Chautari Logo

१११ औं जन्म जयन्तीमा नाट्य संम्राट, समको सम्झना यसरी गरीयो

- २४ माघ २०७०, शुक्रबार १४:४८ मा प्रकाशित


बिके
काठमाडौं, २४ माघ । आज मण्डला नाटकघरको अध्यारो कोठामा एक युवतिले नाट्य सम्रांट स्व. बालकृष्ण समको फोटो पछाडिबाट समकै मर्म स्पर्शी नाटकको एक हरफ सम्बाद बोलेपछि मात्र हल उज्यालो भयो । त्यसपछि भने नाटककार समका समकक्षी तथा उनलाई नजिकबाट नियालेका विभिन्न व्यक्तित्वहरुले उनको सम्झनामा शव्दहरु पोखे ।

प्रसंग रहेको थियो, नाटककार समको १११ औं जन्म जयन्तीको अवसरमा शुक्रवार समका चेला, तथा अनुरागीहरु, नाट्यकर्मीहरु एकै ठाउामा भेला भएर उनलाई सम्झीएका हुन् । कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद सत्यमोहन जोसीले सम प्रति श्रद्धाञ्जली अर्पण गर्दै समका केहि जान्नै पर्ने कुराहरुको बारेमा बताए । दरवारीयाा खानदानमा मात्र सिमीत रहेको नाटकलाई सर्वसाधारण समक्ष लिएर प्रदर्शन गर्ने नाटककार सम पहिलो व्यक्ति भएको जोसीले जानकारी गराए । उनले भने –‘पहिले नेपालमा उर्दु र हिन्दीको सम्बाद बोलेर नाटक गर्ने विग बिगि थियो । तर समले पहिलो पटक आफ्नो नाटक ‘मुकुन्द इन्दीरा’मा नेपाली सम्बाद र गीत राखेर नाटक मञ्चन गर्नु भयो । यसबाट राजा समेत निकै खुशि हुनु भएको थियो । जसकै कारण नाटककार सम कप्तानबाट मेजर कप्तानमा बढुवा हुनुभयो । १९९५ मा मञ्चन भएको उक्त नाटकले नेपालमै हलचल ल्याएको थियो ।’ समले नाटकमा क्रान्तिनै ल्याएको उनले बताए । २०११ मा मञ्चन भएको समको नाटक अमेरीकामापनि प्रदर्शन गर्दा त्यहााको पत्रिकाहरुमा रिपोर्टिङ भएको पनि जोसीले कार्यक्रममा बताए ।
त्यस्तै कार्यक्रममा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङले सम नाटककार मात्र नभएर कवि र दार्शनिक भएको बताए । नेपालमा नाटकको परम्परा बालकृष्ण समलेनै बसालेको र आजसम्म जति पनि नाटकमा विकास भएका छन्, त्यसमा समकै देन भएको उल्लेख गरे । उनले नाटककार आफुहरुसाग नरहनु दु:खद विषय भएता पनि उनको नाटकले सदा सवर्दा आफुहरुसागै राखेको बताए ।
सोहि कार्यक्रममा समका प्यारा चेला मानिने प्रचण्ड मल्लले नेपाली संगमञ्च र बालकृष्ण सम नामक पुस्तक प्रकाशन गरेका छन् । उक्त पुस्तक नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्वर गुरुङ, संस्कृतिविद सत्यमोहन जोसी, नाटककार प्राडा अभि सुवेदी र समकै अर्का चेला हरी प्रसाद रिमालले संयुक्त रुपमा विमोचन गरे । प्रचण्ड मल्लले नाटककार समसाग निकटमा रहेर काम गर्दा उनले बुझेका र देखेको समलाई पुस्तकमा शुष्म ढंगबाट केलाएका छन् । प्रचण्डले समको विषयमा पहिले आफुले लेखेका लेखलाई पनि पुस्तकमा समावेश गराएका छन् । पुस्तकको वारेमा बोल्दै नाटककार अभि सुवेदीले पुस्तकमा समकै अनुभव र समले कसरी काम लगाउनुहुन्थ्यो, उहाले आफ्नो परिवारलाई, नाटकमा कसरी सहभागिता गराउानु भयो भन्ने जस्ता थुप्रै कुराहरुको उजागर भएकाले पुस्तक निकै महत्वपुर्ण भएको बताए । उक्त पुस्तकमा मल्ले समका नाटकीय जीवनको तीता मिठा क्षणहरुलाई निकै रोमाञ्चक ढंगबाट उतारेको पनि उनले जानकारी दिए । पुस्तकको वारेमा ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति किरण मानन्धर, प्राज्ञ रमेशरञ्जन झा, कलाकार हरीहर शर्मा, कवियत्रि प्राडा सुधा त्रिपाठीले थप चर्चा गरेका थिए ।
त्यस्तै कार्यक्रममा रंगकर्मी प्रचण्ड मल्लले आफुले बालकृष्ट समशेर नामक नाटक तयार पारेको बताउादै उक्त नाटकलाई मण्डला थिएटरमा मञ्चन गर्न चाहेको उल्लेख गरे । समकै अर्का चेला हरीप्रसाद रिमाले ५५ वर्षदेखि आफु समकै निर्देशनमा हिडेको बताए । उनले समको शुरुको दिनको सम्झना गर्दै आाशु समेत खसाले । आफु समप्रति नतमस्तक भएको पनि उनले बताए । कार्यक्रमका आगन्तुकलाई स्वागत गर्दै मण्डला थिएटरका राजन खतिवडाले आगामि वर्षदेखि समको जन्म जयन्ती मनाउादै समको नाटक समेत मञ्चन गर्ने बचन बद्धता जनाए ।

प्रतिक्रिया