Bisal Chautari Logo

पुर्व मिस नेपाल भन्छिन् ‘फ्यानहरु भ्यालेन्टाइन डेमा प्रेमप्रस्ताव राख्छन्

- १६ असार २०७१, सोमबार १९:३५ मा प्रकाशित


malina joshi Fans

–मलिना जोशी, पूर्व मिस नेपाल तथा अभिनेत्री
प्रस्तुती : विशाल राई (सौर्य दैनिकबाट साभार)
सन् २०११, जब मिस नेपालको ताज मेरो शिरमा पर्‍यो म पनि सेलिव्रेटीमा समावेश भएँ । तर, मलाई सेलिव्रेटी भएँ भन्ने विश्वास नै लागेको थिएन । मिडियामा दिनरात छाउन थाले । रातारात मेरो चर्चा चुलियो । सबैका नजरमा पर्न पनि सफल भएँ । अनि, मात्र लाग्यो– साँच्चीकै म सेलिव्रेटी भएछु भनेर । प्रतियोगिताको उपाधिपछि एकाएक चर्चामा आउँदा र सबैको हाइहाई पाउँदा पनि मेरो मनमा कुनै त्यस्तो अहम् भने आएन । सेलिव्रेटी भएपछि मैले एउटा नयाँ अनुभव गर्न पाएँ । ‘त्यो हो फ्यानको ।’malina joshi Fans (1)
मिस नेपाल हुनेले एक वर्षसम्म आयोजकको मातहतमा रहनुपर्छ । मैले पनि हिडनट्रेजरकै मातहतमा एक वर्ष बिताएँ । यो समयमा मैले फ्यानसँगका केही अनुभवबाहेको अर उपलब्धि केही पाइनँ । एक वर्षपछि हिडेनट्रेजरले नयाँ मिस नेपाल छानेपछि बल्ल म फ्री भएँ । त्यसपछि सार्वजनिक कार्यक्रममा मेरो उपस्थिति बाक्लिँदै गयो । ती कार्यक्रममा सहभागिता जनाउँदा मलाई हेर्न र अटोग्राफ लिन फ्यानहरुको लर्काे लाग्थ्यो । ती सबै फ्यानसँग कुरा गरेर भ्याइँदैनथ्यो । भ्याएसम्मकालाई हात, गाला र छातीमा अटोग्राफ दिन्थे भने कतिलाई टाढैबाट अभिवादन गरेर सेलिव्रेटी हुनुको कर्तव्य निर्वाह गर्थें ।
कतिपय फ्यानले मसँग हग र किसको चाहना पनि गर्थेे । कोही त डराई–डराई तपाइंसँर्ग एकपटक हग गर्ने रहर छ पनि भन्छन् । असीमित चाहना बोकेका फ्यानका सबै रहर पूरा गर्दा आफँै असुरक्षित हुने डरले हग गर्ने आँट कहिल्यै गरिनँ ।

[gss ids=”4318,4319,4317,4316″]

मेरा फ्यान अलि समझदार छन् किनभने मैले एक वचन केही भन्नासाथ मानिहाल्छन् । त्यसैले पनि मलाई ती नजिकका साथीझँै लाग्छन् । मिस नेपाल भएपछि विभिन्न कार्यक्रममा सहभागिता जनाउने र देशका विभिन्न ठाउँ घुम्ने अवसर प्राप्त भयो । यो अवसरसँगै देशका विभिन्न ठाउँमा रहेका आफ्ना फ्यानसँग भेट्न पाएँ । रमाउने मौका पाएँ । कुनै कार्यक्रममा जाँदा फ्यानले मलाई घेरेनन् र छुट्टिने बेलामा हात हल्लाएनन् भने खल्लो महसुस हुने गर्छ अचेल । एकपटक अफिसियल कामको सिलसिलामा जनकपुर गएकी थिएँ । त्यो भ्रमण धेरै फ्यानहरसँग भेट्ने अवसर पनि बन्यो । जति ठाउँ घुमेँ त्यति फ्यानहरुका सुझाव लिएँ । तीमध्ये धेरैबाट अभिनयको सल्लाह पाउँथेँ । फ्यानका सल्लाहलाई पालना गर्ने क्रमको सुरुवात मैले कलिउड चलचित्रको आइटम गीतमा नृत्य गरेर गरेकी छु । त्यो राम्रो नराम्रो छुटयाउने फ्यानकै जिम्मामा छ । फ्यानसँग नजिकिने भरपर्दाे माध्यम फेसबुक र फ्यानपेज पनि हो । फ्यानपेजमा मेरा कमीकमजोरी आँैल्याउँदै राम्रो कामको तारिफ गर्ने गरेका छन् फ्यानले । फेसबुकमा बर्थडे म्यासेजको ओइरो नै लाग्छ । विशेष गरी मिडियाबाट मेरो बर्थडे सार्वजनिक भएपछि म्यासेजको ओइरो लाग्ने गरेको हो । जन्मदिनका अवसरमा नयाँ अवसरको ओइरो लागोस्, प्रगति होस् भनेर म्यासेज पठाएका हुन्छन् । चलचित्र कलिउडको गीतमा काम गरेको थाहापाएर फ्यानहरुले राम्रै प्रतिक्रिया पनि दिएका छन् । म चलचित्र क्षेत्रमा लागूँ भन्ने फ्यानहरुको चाहना छ, त्यसैले यसै क्षेत्रमा रमाउन चाहन्छु म पनि ।
भ्यालेन्टाइन डे मेरा फ्यानहरुले मलाई प्रेम प्रस्ताव राख्ने दिन हो । तर, उनीहरुले सीधै होइन कि घुमाउरो पाराले प्रस्ताव राख्छन् । आशय बुझ्दा थाहा हुन्छ, प्रेमप्रस्ताव भनेर । यो दिन कति फ्यानले कसैसँग प्रेम छ कि छैन भनेर प्रश्न सोध्छन् । कतिचाहिँ ‘आज भेटौँ न’ भनिरहेका हुन्छन् । आज फुर्सद छैन पछि भेट्छु भनेर टार्ने गरेकी छु ।
यसोभन्दा फ्यानहरु निरास पनि हँुदैनन् जस्तो लाग्छ मलाई । कोही, काहीँ भेट्नका लागि साहैर नै कर गर्दछन् । ती फ्यानलाई ‘तपाइंर्लाई मात्र भेट्दा अर रिसाउँछन् आज होइन अर्काे कुनै दिन मिलाएर सुटुक्क भेटौँला भनेर टार्नेगरकी छु ।’ फ्यानले प्रेमप्रस्ताव लगायत विभिन्न प्रस्ताव राखे पनि म उहाँहरुलाई चिड्याउन भने चाहन्न किन भने ती फ्यानकै कारणले म अहिलेको स्थानसम्म आइपुग्न सफल भएकी हुँ । त्यसैले, फ्यान मेरा लागि अमूल्य छन् ।

प्रतिक्रिया