Bisal Chautari Logo

खोटाङमा अधिकांश विद्यालयल हिसाब किताब राख्दैनन् | बेरुजु फच्र्योट गर्न १ करोड ८० लाख ५२ हजार बाकी

- १६ असार २०७१, सोमबार ०९:०६ मा प्रकाशित


ब्रेकर : सर्वेक्षण गरिएको एक सय ९० विद्यालयको आर्थिक वर्ष २०६९/०७० को बेरुजु फच्र्योट गर्न बाकी एक करोड ८० लाख ५२ हजार नौं सय ५४ रुपैया रहेको छ ।

भिम राई / विशाल चौतारी सम्वाददाताkhotang school (1)
खोटाङ, २०७१ असार १६ सोमबार । खोटाङका अधिकांश सरकारी विद्यालयले आफ्नो अर्थिक हिसाब किताब राखेको पाईदैन । हरेका कार्यालयमा वित्तिय प्रणालीको समुचित व्यवस्थापन राज्यको मुख्य लक्ष्य भएपनि खोटाङ जिल्लाको अधिकांस सरकारी विद्यालयको हिसाब किताब अभिलेखित भएको नपाइको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङले गरेको सर्वेक्षण पछि सार्वजनिक गरेको सरकारी विद्यालयमा वित्तीय जोखिमको अवस्था र न्युनिकरणका उपायहरु नाम दिइएको प्रतिवेदनमा यस्तो पाइएको उल्लेख छ । सर्वेक्षण गरिएको एक सय ९० विद्यालयको आर्थिक वर्ष २०६९/०७० को बेरुजु फच्र्योट गर्न बाकी एक करोड ८० लाख ५२ हजार नौं सय ५४ रुपैया रहेको छ । उक्त रकम तत्काल फच्र्योट गर्न प्रधानाध्याकहरुलाई सुझाव समेत दिइएको छ ।
कोलेनिकाले एक सय ९० विद्यालयमा गरेको सर्वेक्षणमा ६४ विद्यालयले मात्र सामान्य अभिलेख राखेको पाइएको कोलेनिका प्रमुख तुलसीराम बस्नेतले जनाएका छन् । अन्यले त सामान्य टिपोट पनि गरेर नराखेको बस्नेतको भनाई छ । जिल्लाका सरकारी विद्यालयहरु वित्तीय जोखिममा फस्दै गएकाले न्युनिकरण गर्ने उद्देश्यका साथ सर्वेक्षण गरिएको बस्नेतले जनाए । कार्यालयले झण्डै तीन महिना लगाएर संकलन गरेको वित्तीय अवस्था, विद्यार्थी भर्ना, उत्र्तीण दर, कक्षा छाड्ने, अनुपस्थिती हुने, औषत सिकाइ दर लगायतका विषय समेटिएको प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको हो । प्रमुख बस्नेतले प्रस्तुत गरेका प्रतिवेदनलाई आधार मानेर कार्यक्रमका सहभागीहरुले प्रधानाध्यापकहरुको अल्छ्यायीका कारण अभिलेखीकरण नभएको बताएका छन् । लेखापरिक्षक राजन ढकालका अनुसार,–‘धेरै विद्यालयका प्रधानाध्यापकहरु अडिट गराउने भन्छन्, तर उनीहरुसाग केही अभिलेख हुादैन ।’ कति प्रधानध्यापकहरुलाई लेखा व्यवस्थापन सम्बन्धि ज्ञानको अभावले पनि यस्तो समस्या आएको पाईएको छ । khotang school (2)
यसमा प्रधानाध्यापकहरुले भने, आफूहरुलाई लेखा सम्बन्धी ज्ञान नभएकाले यस्तो भएका बताएका थिए । शितला मावि खाल्लेका प्रधानाध्यापक कृष्ण अधिकारीले भने–‘सबै प्रधानाध्यापक गणित विषय लिएर पढेका हुादैनौं, त्यसैले समस्या भएको हो । वित्तीय लेखाजोखा व्यवस्थित गर्नका लागि सरकारले प्रत्येक विद्यालयमा एक जना लेखा अधिकृतको व्यवस्था गर्नुपर्‍यो, कि त हामीलाई नै त्यस सम्बन्धी तालिम लिने अवसर हुनुपर्‍यो ।’
विद्या दिने दाताले नै यसो गरेपछि समाज कहिल्यै परिवर्तन नहुने प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाको भनाई रहेको थियो ।–‘प्रजिअले भने ‘आफु हेडमास्टर हो भनेर हिड्ने तर, आफ्नो अनुहार कहिल्यैं नहेर्ने ? अनि तपाईहरुबाट बालबालिकाले के सिक्लान !’ अब यस वर्ष २५ प्रतिशत सुधार्नुस्, अर्को वर्ष त्यसै ५० पुगिहल्छ ।’
जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी युवराज अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै प्रजिअले यस्तो बताएका थिए । यद्यपी विद्यालयका प्रअहरुले भनेका लेखा व्यवस्थापन सम्बनिध सिप तथा लेखा सहायक राख्ने कुरामा भने प्रजिअ मौन रहेका थिए । जिल्लामा हाल अधिकांस मावि तथा उच्चमावीमा मात्र लेखा सहयाकको व्यवस्था गरिएको पाईएको छ । जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, शिक्षा सम्वद्ध पेशागत संघसंगठन, कार्यालय प्रमुख, सरोकारवाला लगायतको भेलामा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । khotang school

 

प्रतिक्रिया