Bisal Chautari Logo

बालबालिकाको रकमले शिक्षकलाई पोशाक

- १३ असार २०७१, शुक्रबार ०४:५६ मा प्रकाशित


nepali Children’s money the teacher dress
भिम राई, विशाल चौतारी सम्बाददाता
खोटाङ, २०७१, असार १३, शुक्रवार । लक्षित वर्ग अन्तरगत बालबालिकाको शीर्षकमा आएको रकम खोटाङका एक विद्यालयका प्रधानाध्यापकले शिक्षकलाई पोशाक भक्ता दिएको खुलासा भएको छ । जिल्लाको दक्षिणी गाविस विजयखर्कको गाउँ परिषद्बाट बालबालिकाको नाममा बिनियोजित बजेट स्थानीय पञ्चकन्या उच्च माविका प्रधानाध्यापक ध्रुवराज आचार्यले शिक्षकलाई पोशाक भक्ता दिएको खुलासा भएको हो ।nepali Children's money the teacher dress
आर्थिक वर्ष २०७०/०७१ को गाउँ परिषद्बाट बिनियोजित बजेट उक्त विद्यालयका निजी तथा अस्थायी शिक्षकका लागि पोशाक भक्ता दिएको पाइएको गाउ बाल सञ्जालका कार्यवाहक अध्यक्ष सुमन खनालले जानकारी दिए । उनको अनसार ‘उक्त विद्यालयमा अध्ययनरत बालबालिकाका लागि गाविसले २० हजार रुपैयाँ बजेट छुट्याएको थियो, उक्त रकम कहाा खर्च भयो भन्दै अनुगमन गर्न जाादा प्रधानाध्यापकले शिक्षकको पोशाक भक्तामा खर्च गरेको पाइयो ।’
प्रधानाध्यापक आचार्यले भने, सरकारले स्थायी शिक्षकका लागि मात्र पोशाक भक्ता दिएकाले निजी र अस्थायी शिक्षकका लागि उक्त रकम प्रदान गरेको बताएका छन । आचार्य भन्छन ‘विद्यालयमा अन्य श्रोत नभएकाले निजी शिक्षकलाई त्यही दिने भन्ने निर्णय भएको थियो, त्यही दिएँ ।’
गाउा परिषदले गाविस भरका बालबालिकाको लागि भनेर एक लाख ३४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको थियो । उक्त रकम बालबालिको क्षमता विकास तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालनका लागि मात्र खर्च गर्न पाइने प्रावधान छ ।
यसबारे गाउ शिक्षा समितिका अध्यक्ष समेत रहेका गाविस सचिव ज्ञानप्रसाद पोखरेलले बालबालिकाकै निम्ति खर्च गरिएको बिल भर्पाई प्राप्त भएको बताएका छन् ।–‘आफूले त प्राप्त बिल भर्पाईको आधारमा रकम भुक्तानी दिएको हो ।’ पोखरेलको भनाई छ ।
जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाइँले भने, बालबालिकाको रकम बालबालिकाकै हितमा खर्च हुनुपर्ने बताए । शिक्ष अधिाकारी ले भने ,–‘यदि यर्थात त्यसो हो भने, तत्काल फिर्ता गर्न लागाईन्छ ।

ad

प्रतिक्रिया